२० माघ २०८२, मंगलबार | February 3, 2026

सदरमुकामकै विद्यालयको दुरावस्था : खानेपानी र शौचालय समेत छैन



डडेल्धुरा । ‘विद्यालयमा खानेपानी छैन् खानेपानी नभएको ठाउँमा शौचालय हुने त कुरै भएन,’ उनले भने, ‘नगरपालिकासँग केही सहयोग मागौं भने विद्यार्थी कम छन् भनेर आलटाल गर्छन् ।’

उनी अर्थात डडेल्धुरा अमरगढी नगरपालिका–१ ढुनढुनेस्थित भुवनेश्वरी प्राथमिक विद्यालयका प्रधानाध्यापक मोहनसिंह ऐर । बाल विकासदेखि कक्षा तीनसम्म १४ जना विद्यार्थी रहेको विद्यालयको अभिलेखमा उल्लेख छ । तर, विद्यालयमा ६ जना विद्यार्थी नियमित आउँछन् ।

‘भूवनेश्वरी प्राथमिक विद्यालय’ भनेर भित्तामा लेखिएको छ । अन्त कतै विद्यालयको नाम लेखेको बोर्ड छैन । झट्ट हेर्दा जो पनि विद्यालयनै हो र भनेर झुक्किन्छन् ।

२०५६ सालमा स्थापना भएको यो विद्यालयमा २०५७ सालदेखि पठनपाठन सुरू भएको विद्यालयका प्रधानाध्यापक ऐर बताउँछन् । विद्यालयमा ह्वाइट बोर्ड समेत छैन । परम्परागत कालोपाटीमा खरीले लेखेर सिकाउनु पर्ने अवस्था छ ।

‘अहिले प्राथमिक तहका विद्यार्थीले किताबमै लेख्ने सिष्टम आएको छ । केही लेख्नै परे कालोपाटीमा खरीले लेखेर सिकाउँछौं । सम्बन्धित निकायमा पनि खबर गरेका त थियौं तर, विद्यार्थी कम छन् भन्दै आलटाल गर्छन्,’ उनले भने ।

विद्यालयमा ६ वटा कक्षाकोठा छन् । एउटामा अफिस छ । दुई वटा कक्षाकोठामा विद्यार्थी राखिएको छ भने दुई वटामा ताला लगाएको छ । बालविकासदेखि तीन कक्षासम्म पढाइ हुने यो विद्यालयमा दुई स्थाई र एक जना करारका शिक्षक छन् ।

बाल विकास र एक कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाइन्छ भने कक्षा दुई र तीनका विद्यार्थीलाई सँगै राखेर पढाइने गरेको विद्यार्थी चित्रा ऐरले बताइन । ‘दुई र तीनमा पढ्ने विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउँछन् । हामी सबैले एउटै कुरा पढनु पर्छ,’ उनले भनिन् ।

शिक्षकको मनलाग्दी
पाँच कक्षासम्म पढाइ हुने यो विद्यालयमा अमरगढी नगरपालिकाले नगरभित्रका विद्यालय समायोजन गरेपछि कक्षा तीनसम्म मात्रै पढाइ हुन्छ । विगतका दिनमा विद्यालयमा विद्यार्थीको संख्या उल्लेखनीय रहेको पूर्वविद्यार्थी पवन ऐरले बताए ।

‘अहिले विद्यालयमा राम्रो पढाइ हुँदैन । त्यहीँ भएर अविभावकले यता पढाउन खोज्दैनन्,’ उनले भने, ‘म यतै पढेको थिए । उतैबाट धेरै कुरा सिके । अहिले अवस्था यस्तो छ ।

विद्यालयमा शिक्षकको मनलाग्दी हुने गरेको विद्यार्थीहरू बताउँछन् । पढाउन मन लागे पढाउने नत्र छुट्टी भन्दै घर पठाउने गरेको विद्यार्थी ललित ऐरले बताए । उनी भन्छन्, ‘कहिले काँही त विद्यालयमा हामी मात्रै आउँछौं ।’

औधोगिकग्राम सञ्चालन गर्न विद्यालय सार्ने खेल
अमरगढी नगरपालिकाले विद्यालयनजिक संयुक्त ग्यारेज बनाउने भन्दै डोजर प्रयोग गरेर फिल्ड निर्माण गरेको छ । नौ लाख रुपैयाँ लगानी गरेर निर्माण गरेको ग्यारेज निर्माण आर्थिक अभावले अलपत्र परेको छ ।

अब, सोही ठाउँमा नगरले औधोगिक ग्राम सञ्चालनको तयारी गरेको छ । विद्यालयनजिक औधोगिक ग्राम सञ्चालनको तयारी थालेको नगरले विद्यालय अन्यत्र सार्न विद्यालयलाई सहयोग नगर्ने गरेको स्थानीयको आरोप छ । भुवनेश्वरी प्राथमिक विद्यालयनजिक संस्थागत विद्यालय सञ्चालनमा छ ।

संस्थागत विद्यालय सञ्चालन गर्न नजिकको विद्यालयबाट अनुमति लिनु पर्ने भए पनि भुवनेश्वरी प्राथमिक विद्यालयबाट अनुमति नलिएर विद्यालयबाट निकै टाढा रहेको बैजनाथ मावि मौरडाबाट अनुमति लिएको विद्यालयका प्रअ ऐर बताउँछन् ।

बालबालिकालाई टाढाको विद्यालयसम्म जानआउन समस्या हुने हुँदा समायोजनमा कठिनाइ भएको अमरगढी नगरपालिकाले जनाएको छ । आगामी दिनमा यस विद्यालयको विकल्प खोज्ने नगरपालिकाका शिक्षा प्रमुख हेमन्त पन्तको भनाइ छ ।

पन्त भन्छन्, ‘त्यो विद्यालयमा वार्षिक रूपमा प्रशासनिक खर्चको लागि अनुदान रकम जान्छ । सेतो पाटी, बालमैत्री कक्षाकोठा व्यवस्थापन लगायतका काममा उहाँहरूले खर्च गर्नुपर्छ । तर, यी कुराहरू प्रअ र विद्यालय व्यवस्थापन समितीसँग जोडिन्छ । उहाँहरूले ध्यान दिनुपर्छ । हामीहरू अनुगमनका क्रममा गएका छौं । सुझाब पनि दिएका छौं ।’

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ३ : २६ बजे

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक