१० श्रावण २०८३, आइतबार | July 26, 2026

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अन्तरराष्ट्रिय उडानको रुट अनुमति प्राप्तगर्न नसकेको गृहमन्त्री खाणको खुलासा



बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडानको रुट अनुमति प्राप्त हुन नसकेको खुलासा गरेका छन् । विमानस्थल तयार भएर प्राविधिक परिक्षण उडान भइसक्दा पनि रुटको झमेला कायम रहेको गृहमन्त्री खाणले खुलासा गरेका हुन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६३ औं वार्षिक साधारणसभाको शनिबार भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री खाँणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बेलामा रुटसम्बन्धी झमेला हुन्छ भन्ने पहिले नै थाहा भएको बताए । उनले रुटका लागि कुरा भइरहेको जनाउँदै छिट्टै रुट अनुमति प्राप्त हुने विश्वास व्यक्त गरे ।

उनले सरकार वा प्रतिपक्ष जहाँ रहँदा पनि कांग्रेसको निजी क्षेत्रप्रतिको विश्वास अटल रहने बताए । उद्योगी व्यवसायीबाट उठेका मागहरु सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै उनले देश विकाशमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नहुँदा पनि एमसीसी राष्ट्रको हितमा भएको अडान लिएको स्मरण गर्दै उनले भने – ‘एमसीसी प्रस्ताव अगाडी नबढेको भए उद्योग वाणिज्य क्षेत्रमा गम्भिर प्रभाव पर्नेथियो ।’

गृहमन्त्री खाँणले आयात निर्यात असन्तुलित भएको तथा पेट्रोलियम पदार्थको आयात बढ्दै उल्लेख गर्दै ट्रान्समिसन लाइन बनाउन सके मुलुक समृद्ध हुने दाबी गरे । एमसीसीको मूल उद्देश्य नै ट्रान्समिसन लाइन बनाउनु रहेको उनको भनाइ थियो ।

उद्योगी व्यवसायीको विद्युतसम्बन्धि समस्या ‘टंकलाइन’ समाधान नहुँदासम्म लाइन नकाटिने गृहमन्त्री खाणले प्रतिवद्धता व्यक्त गरे । यदि विद्युत प्राधिकरणले उद्योगको लाइन काट्न खोजे सुरक्षा निकायले साथ नदिने पनि उनले बताए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो र स्थिर नीतिको अभावमा मुलुक औद्योगिक विकासतर्फ अगाडि बढ्न नसकेको बताए ।

‘मुलुकमा औद्योगिक विकास तथा आन्तरिक रोजगारी सृजनाका लागि दिगो र स्थिर नीति जरुरी हुन्छ ।’ उनले भने, -‘हामीकहाँ छोटो छोटो समयमा नीतिहरु परिवर्तन भइरहँदा दिगो औद्योगिक विकासको सट्टामा छोटो समयमा नाफा हुने खालका ट्रेडिङ व्यवसायमा व्यवसायीहरु लाग्ने गरेको देखिन्छ । यसले राज्य र व्यवसायी दुवैका लागि फाइदा पुगेको छैन ।’

वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले नयाँ नीति तथा कानुन बनाउदा सम्बन्धित सरोकारवालाहरुसँग गहन छलफल गर्न आवश्यक रहेको पनि बताए । ‘अहिले सरसर्ति हेर्ने हो भने कुनै पनि व्यवसायमा नीतिगत स्थिरताको अभाव रहेको देखिन्छ । यसले गर्दा धेरै व्यवसायी साथीहरु आतंकित भएको जस्तो पनि देखिन्छ,’ उनले भने, -‘केही समय पहिले नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्रीहरुलाई राखेर एउटा छलफल कार्यक्रम गरेको थियो । त्यहाँ यो अस्थिर नीतिको कारण अर्थतन्त्रमा विभिन्न समस्या देखिएको कुरा आएका थिए ।’

अहिले बजारमा देखिएको तरलताको अभाव भनौ वा आर्थिक गतिविधिमा देखिएका मन्दिहरु सबै अस्थिर नीतिसँग जोडिएका बताउँदै उनले तरलताको हल्लाले आम व्यवसायीलाई भय र त्रासको वातावरण बनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ९ : २५ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले