१६ माघ २०८२, शुक्रबार | January 31, 2026

मधेसको बहुचर्चित मिथिला परिक्रमा महोत्तरीको मट्टिहानीमा आइपुग्यो



महोत्तरी । विभिन्न धार्मिक स्थलको परिक्रम गरी १५ दिने मिथिला परिक्रमा आज महोत्तरीको मट्टीहानी आइपुगेको छ । मिथिलाविहारीको डोलसँगै सुरु भएको मिथिला परिक्रमा आज चौथो दिन मट्टीहानी आइपुगेको हो । परिक्रमामा ५० हजारभन्दा बढी व्यक्ति सहभागी छन् ।

फागुनको औँशीबाट सुरु भएर पूर्णिमासम्म चल्ने यो धार्मिक यात्रा धनुषाको कचुरी गाउँस्थित मिथिला बिहारी मठबाट सुरु हुने गर्छ ।

त्यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठ मन्दिरबाट ल्याइएका डोलासमेत समावेश गरी परिक्रमा यात्रा प्रारम्भ हुने गर्छ ।

डोलामा पछि परम्परागत बाजाँगाजा सहितका मौलिक पहिरनमा लाखौँ नरनारीहरु सहभागिता हुने गर्छन् । लावालस्करसहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरूको परिक्रमा गर्ने चलन छ ।

सोही क्रममा आज अत्यन्त तामझामका साथ तिर्थालुहरुको समूह मट्टीहानी आइपुगेको हो । मट्टीहानीमा भब्य पुजाआजाका साथ आज दिनभरी र रातभरी विश्राम गरी भोलि पुन: परिक्रमको यात्रामा उनीहरु निस्कनेछन ।

मट्टीहानीमा आज नगरभरी सार्वजनिक विदा समेत दिएको नगरप्रमुख हरि मण्डलले जानकारी दिए ।

परिक्रममाअन्तर्गत क्रमशः जनकपुरको हनुमान नगर, विहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चन वन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५औँ दिन जनकपुरको अन्तरगृह परिक्रम गरी मध्यपरिक्रमा सम्पन्न गरिने चलन छ ।

परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरसहितका क्षेत्रमा होली पर्व मनाउने चलन रहेको छ । परिक्रमा नेपाल र भारतका भूमिसँग जोडिएकोले परापूर्वकालदेखि यी दुई मुलुकको सम्बन्ध सुमधुर राख्न यसले ठूलो भूमिका निर्वाह गर्दै आएको पनि विश्वास रहेकाे छ ।

परिक्रममा सहभागीले १०८ तीर्थस्थल बराबरको फल प्राप्त हुने जनविश्वास रहेको छ । परिक्रमामा सहभागी भएका १५ दिनसम्म आफ्नो घर नफर्कने चलन पनि छ ।

परिक्रममा नेपालको १ सय ७ किलोमिटर र भारतको २३ किलोमिटर गरी १सय ३३ किलोमिटर पैदल घुम्ने गरिन्छ ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १० : ४३ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी