१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

माओवादी केन्द्रीय समितिको बैठकमा प्रचण्डलाई कुर्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक ११ बजेदेखि सुरु हुने भनिए पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समयमै बैठकमा नपुगेपछि नेताहरुले कुरिरहेका छन् ।

बिहान ११ बजेदेखि सुरु हुने भनिएको केन्द्रीय समिति बैठक पौने १२ बजेसम्म पनि पार्टी अध्यक्ष प्रचण्ड बत्तिसपुतलीको अनुपम पार्टी प्लेसमा नपुगेपछि बैठक सुरु हुन नसकेको एक नेताले बताए ।

बैठक ११ बजेदेखि सुरु भनिएपछि सबै केन्द्रीय सदस्य समयमै हलमा पुगिसकेका थिए । तर पार्टी अध्यक्ष प्रचण्ड समयमै बैठकमा नपुगेपछि नेताहरु उनलाई कुरेर बसेका छन् ।

गत शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक शनिबार र आइतबार स्थागित भएको थियो । सोमबार सारिएको बैठकमा पनि प्रचण्ड समयमै पुगेका छैनन्।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ११ : ५८ बजे

बुटवलमा मगर दिवसको अवसरमा ‘कानुङ साँझ’ कन्सर्ट हुँदै

बुटवल । मगर दिवसको अवसर पारेर बुटवलमा ‘कानुङ साँझ’ नामक

ट्रम्पको प्रश्न – इरान किन झुकेको छैन ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा सैन्य दबाबका बाबजुद इरान किन

निर्वाचनका अवसरमा तीन दिन बिदा दिन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले

गौरमा सद्भावका लागि सर्वपक्षीय आह्वान; दोषीलाई कारबाही गर्ने, सद्भाव र्‍याली निकाल्ने

रौतहट । धार्मिक विषयलाई लिएर रौतहटको गौर नगरपालिका–६ अन्तर्गत सबगढा