५ आश्विन २०८३, सोमबार | September 21, 2026

हात्तीपाइलेकाे औषधि खाएको पनि कार्ड !



बाग्लुङ । बाग्लुङमा हात्तीपाइले रोग अझै नियन्त्रणमा आउन सकेको छैन । हात्तीपाइले रोगविरुद्धको निःशुल्क औषधि खुवाउने कार्यक्रम १२ औँ पटक सञ्चालन भए पनि रोग नियन्त्रण नभएको हो ।

अभियानको क्रममा औषधि घरमा खाने भन्दै लैजाने तर नखाने तथा मुखमा राखे पनि ननिल्ने गर्दा रोग नियन्त्रणमा कठिन भएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए । बाग्लुङको बाग्लुङ नगरपालिका-१४ नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्मीसेरामा हात्तीपाइले रोगका बिरामी बढी छन् ।

नारायणस्थान क्षेत्रका केही स्थानीयले धार्मिक मान्यता, औषधिको साइड इफेक्ट हुने जस्ता डरले औषधि खाना तयार नहुँदा समस्या भएको छ । सो क्षेत्रमा अनिवार्य औषधि सेवनको लागि स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी हात्तीपाइले रोगविरुद्धको औषधि खाएको कार्ड लागु गर्ने तयारी गरेको कार्यालय प्रमुख गुरौको भनाइ छ ।

कोरोनाको खोप कार्ड जस्तैं नारायणस्थानका स्थानीयलाई सार्वजनिक सेवा प्राप्तको लागि हात्तीपाइलेकाे औषधि सेवनको कार्ड अनिवार्य गर्ने तयारी भएको उनको भनाइ छ । गत बर्ष जिल्लामा अन्तिम पटक भनेर अभियान चलाए पनि परीक्षण गर्दा फेरि अभियान सञ्चालन गर्नु पर्ने देखिएको हो । २८ फागुनदेखि जिल्लाव्यापी रुपमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालनको तयार भएको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन ।

गत बर्ष औषधि खुवाएको ६ महिनापछि स्वस्थ्य मन्त्रालयको टोलीले सर्वेक्षण गरेको थियो । नारायणस्थान र कुश्मीसेरामा औषधि खुवाएपछि सर्वेक्षण गर्दा फेरि १० जनामा परजिवी पहिचान भएपछि हात्तीपाइले रोग निवारण जिल्ला घोषणा गर्ने लक्ष्य स्थगित बन्यो । कुनै एक ठाउँमा रोग निवारण नहुँदा जिल्लाभर नै औषधि खुवाउनु पर्ने हुन्छ ।

नारायणस्थानका तीन सय जनामा परीक्षण गर्दा आठ र कुश्मीसेराका तीन सयकाे परीक्षणमा दुई जनामा परजिवी भेटिएको थियो । सन् २०१४ मा तीन प्रतिशत रहेको संक्रमण दर सन २०२१ सम्म आई पुग्दा २.६६ प्रतिशतमा सिमित भएकाे थियाे । दुई प्रतिशत भन्दा तल नझरेपछि फेरि औषधि खुवाउनु परेको जनस्वास्थ्य निरीक्षक शर्माको भनाइ छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ६ : ०३ बजे

मड्रिड डर्बीमा रियल मड्रिडलाई एट्लेटिकोको २-१ को हार

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’मा

म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

खोटाङ । चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

त्रिशूली । बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका-१ ढुङ्गेका छत्र प्याकुरेल

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध

संघीय संसद्का दुवै सदनको बैठक आज, दुई विधेयक कार्यसूचीमा

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।