१६ माघ २०८२, शुक्रबार | January 30, 2026

हात्तीपाइलेकाे औषधि खाएको पनि कार्ड !



बाग्लुङ । बाग्लुङमा हात्तीपाइले रोग अझै नियन्त्रणमा आउन सकेको छैन । हात्तीपाइले रोगविरुद्धको निःशुल्क औषधि खुवाउने कार्यक्रम १२ औँ पटक सञ्चालन भए पनि रोग नियन्त्रण नभएको हो ।

अभियानको क्रममा औषधि घरमा खाने भन्दै लैजाने तर नखाने तथा मुखमा राखे पनि ननिल्ने गर्दा रोग नियन्त्रणमा कठिन भएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए । बाग्लुङको बाग्लुङ नगरपालिका-१४ नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्मीसेरामा हात्तीपाइले रोगका बिरामी बढी छन् ।

नारायणस्थान क्षेत्रका केही स्थानीयले धार्मिक मान्यता, औषधिको साइड इफेक्ट हुने जस्ता डरले औषधि खाना तयार नहुँदा समस्या भएको छ । सो क्षेत्रमा अनिवार्य औषधि सेवनको लागि स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी हात्तीपाइले रोगविरुद्धको औषधि खाएको कार्ड लागु गर्ने तयारी गरेको कार्यालय प्रमुख गुरौको भनाइ छ ।

कोरोनाको खोप कार्ड जस्तैं नारायणस्थानका स्थानीयलाई सार्वजनिक सेवा प्राप्तको लागि हात्तीपाइलेकाे औषधि सेवनको कार्ड अनिवार्य गर्ने तयारी भएको उनको भनाइ छ । गत बर्ष जिल्लामा अन्तिम पटक भनेर अभियान चलाए पनि परीक्षण गर्दा फेरि अभियान सञ्चालन गर्नु पर्ने देखिएको हो । २८ फागुनदेखि जिल्लाव्यापी रुपमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालनको तयार भएको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन ।

गत बर्ष औषधि खुवाएको ६ महिनापछि स्वस्थ्य मन्त्रालयको टोलीले सर्वेक्षण गरेको थियो । नारायणस्थान र कुश्मीसेरामा औषधि खुवाएपछि सर्वेक्षण गर्दा फेरि १० जनामा परजिवी पहिचान भएपछि हात्तीपाइले रोग निवारण जिल्ला घोषणा गर्ने लक्ष्य स्थगित बन्यो । कुनै एक ठाउँमा रोग निवारण नहुँदा जिल्लाभर नै औषधि खुवाउनु पर्ने हुन्छ ।

नारायणस्थानका तीन सय जनामा परीक्षण गर्दा आठ र कुश्मीसेराका तीन सयकाे परीक्षणमा दुई जनामा परजिवी भेटिएको थियो । सन् २०१४ मा तीन प्रतिशत रहेको संक्रमण दर सन २०२१ सम्म आई पुग्दा २.६६ प्रतिशतमा सिमित भएकाे थियाे । दुई प्रतिशत भन्दा तल नझरेपछि फेरि औषधि खुवाउनु परेको जनस्वास्थ्य निरीक्षक शर्माको भनाइ छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ६ : ०३ बजे

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता