१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

उजिरसिंह रनिङ एकदिवसिय क्रिकेट प्रतियोगिता २०७८ को उपाधि बेष्ट्रनलाई



बुटवल । रुपन्देहीमा सम्पन्न उजिरसिंह रनिङ एकदिवसिय क्रिकेट प्रतियोगिता २०७८ को उपाधि बुटवलको बेष्ट्रन क्रिकेट एकेडेमीले चुमेको छ । सोमबार भएको फाईनल खेलमा बाउन्नकोटी क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै बेष्ट्रन उपाधि चुम्न सफल भएको हो ।

उपाधिसंगै बेष्ट्रनले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने उपविजेता बाउन्नकोट भने नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ ।

प्रतियोगिताको उत्कृष्ट बिधा तर्फ बेस्ट बलर अजय चौहान बुटवल-११ क्रीकेट क्लब , इमर्जिङ खेलाडी भुवन गैरे बाउन्न कला क्रीकेट क्लब र म्यान अफ दि सिरिज तथा बेस्ट ब्याट्म्यान महाबीर क्रीकेट क्लबका दिलसद अलि घोषित भए ।

बुटवल क्रिकेट विकास समितिको आयोजना तथा बुटवल उपमहानगरपालिका, नगर खेलकुद विकास समिति र रुपन्देही क्रिकेट संघको सहयोगमा सम्पन्न फाईनल खेलमा टस जितेर बाउन्नकला क्रिकेट क्लबले ३५ ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ७६ रनको मध्यम लक्ष्य खडा गरेको थियो । बाउन्नकोटीका सन्दिप खत्रीले शानदार नटआउट ८६ रन र भुवन गैरेले ५० रनको योगदान दिए ।

खेलमा राहुल बिकले ७ ओभर बलिङ गर्दै १ मेडलसहित ३८ रन खर्चेर ४ विकेट लिएका थिए । मध्यम लक्ष्यलाई वेष्ट्रनका ब्याट्सम्यानहरुले २५ ओभरमा ६ विकेटको नोक्सानीमा पुरा गरे । देव खनालले ५४, बिक्रम भुषलले २४ बलमा ३५, अनिल खरेलले २७ तथा राहुल बिकले २४ रनको योगदान गरेका थिए । बाउन्नकोटीका बिष्णु कट्टरियाले ७ ओभर बलिङ गर्दै २२ रन खर्चेर ४ विकेट लिएका थिए । फाइनल खेलको राहुल बिक म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगितामा बेष्ट्रन क्रिकेट क्लब, बेष्ट्रन क्रिकेट एकेडेमी, बुटवल युथ स्र्पोटस क्लब, जिआर क्रिकेट एकेडेमी, न्यु होराईजन क्रिकेट क्लब, महाबिर क्रिकेट क्लब, बुटवल राईनोज क्रिकेट क्लब, बाउन्न कला क्रिकेट एकेडेमी, गोलर्पाक क्रिकेट क्लब र बुटवल ११ क्रिकेट क्लब गरि १० टिमले भाग लिएको समितिका सचिव पुनित पोखरेलले बताए । वेष्ट्रन क्रिकेट क्लब र बुटवल युथ क्लबका बिचमा खेल हुने खेल संयोजक राजु राना बताए । प्रतियोगितामा १० टिमले भाग लिएका छन ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, नेपाल क्रिकेट संघका कार्यबाहक सचिव प्रशान्त बिक्रम मल्ल, संघ जिल्ला कोषाध्यक्ष निरज प्रताप खाड, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, समितिका अध्यक्ष नेत्र पौडेल, सचिव पुनित पोखरेलले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : ०५ बजे

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ

रोल्पा दुर्घटनामा भएको मानवीय क्षतिप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

रुकुमपूर्व । रोल्पामा आज भएको जीप दुर्घटनामा परी २० जनाको

रोल्पा दुर्घटना अपटेड : थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो

दाङ । रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको

राष्ट्रपतिले जारी गरे सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्थामा संशोधन