२ जेष्ठ २०८१, बुधबार | May 16, 2024

हत्या गरेर बहराइन पुगेका अभियुक्तलाई १६ वर्षपछि प्रहरीले नेपाल ल्यायो



पोखरा । आजभन्दा १६ वर्षअघि तत्कालीन लेखनाथ नगरपालिकामा एउटा हत्या भएको घटनाका अभियुक्तलाई १६ वर्ष पछि प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको छ । २०६३ को वैशाख २९ गते सुनसरी घर भई साबिक लेखनाथ नगरपालिका-१३ सातमुहानेमा बस्दै आएका रोजन राईको हत्या गरेर फरार रहेका स्थानीय अशोक गुरुङलाई प्रहरीले बहराइनबाट पक्राउ गरेर नेपाल ल्याएको हो ।

घाइते अवस्थामा भेटिएका राईको उपचारका क्रममा मृत्यु भएको थियो । राई खुदीखोलामा गयविन जाली भर्ने कामका लागि लेखनाथ आएका थिए । अनुसन्धान गर्दै जाँदा २० वर्षका राईलाई सोही ठाउँमा अशोक गुरुङले कुटपिट गरेको पत्ता लागेको प्रहरीले जनाएको छ ।

राईको अवस्था गम्भीर रहेकोले उपचारकै क्रममा २०६३ जेठ २ गते मृत्यु भएको थियो । लाश जाँच मुचुल्कामा उनको दायाँ हातको कुम र पाखुरामा छाला खुइलिएको र टाउकोको बायाँतर्फ चोटैचोट थियो । उनको मृत्युको कारण टाउकोको चोट भएको पोस्टमार्टम रिपोर्ट आएको थियो ।

घटना भए लगत्तै गुरुङ गाउँ छोडेर भागेका थिए । उनी कतार र बहराइनमा वैदेशिक रोजगारीका लागि गएको पत्ता लगाएसँगै कास्की प्रहरीले यही असोज ६ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर खोजि अभियान सुरु गरेको थियो ।

प्रहरीका अनुसार इन्टरपोल शाखाबाट १२ असोजमा रेड नोटिसको लागि सिफारिस पठाएकोमा खोजी गर्ने क्रममा गुरुङ बहराइनमा रहेको प्रहरीले पत्ता लगायो । अन्तर्राष्ट्रिय खोजतलास एवं पक्राउको लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा २०७८ मंसिर २७ गते इन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी भएको थियो ।

सबै प्रक्रिया पूरा गरेर इन्टरपोल शाखाबाट खटिएको प्रहरीको टोलीले आरोपीलाई फागुन २४ गते नेपाल ल्याएको हो । कास्की प्रहरीले राईलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ । उनलाई कर्तव्य ज्यान मुद्दामा सात दिन म्याद थपेर अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

‘यो कास्कीका लागि पहिलो घटना हो । सम्भवतः नेपालकै लागि पनि करिब पहिलो होला । रेसिप्रोकल सिस्टममा हामीले यसरी अपराधी ल्याउन सकेका थिएनौं,’ उनले भने, ‘हामीलाई बहराइन प्रहरीले राम्रो सहयोग गर्‍यो । अब बहराइनका कोही अपराधी नेपालमा रहेछन् भने हामीले पनि उनीहरूलाई बुझाउने सर्तमा यो काम भएको हो ।’ नेपाल प्रहरीले विदेशमा लुकेका अपराधीलाई सीधै समातेर ल्याउने सन्धि छैन ।

‘अहिलेसम्मका घटनामा कुनै अपराधी विदेशमा रहेछ भने त्यहाँको सरकारले देश निकाला गरिदिन्छ । अनि नेपाल प्रहरीले समात्ने हो,’ उनले भने, ‘अहिले चाहिने नेपाल प्रहरी नै गएर उताको सरकारले देश निकाला नगरीकन समातेर ल्याएको हो ।’ योसँगै अर्को एउटा घटनाको आरोपी पनि विदेशमा रहेकोले उक्त ब्यक्तिको खोजी सुरु भएको तिवारीले बताए । कास्की प्रहरीले यसलाई निकै ठूलो उपलब्धिको रूपमा लिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ८ : ०३ बजे

पाल्पा बलेरो दुर्घटना अपडेट : १ जनाको मृत्यु, १४ जना घाइते (नामावलीसहित)

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटना हुँदा एकजना ६ वर्षिय

क्रिमशन अस्पताल १३ औ वर्षमा, बिबिध कार्यक्रम गरि वार्षिकोत्सव मनाइँदै

बुटवल । रुपन्देहीमा स्वास्थ्य सेवा दिँदै आएको क्रिमशन अस्पतालले आफ्नो

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन