२९ मंसिर २०८२, सोमबार | December 15, 2025

गुल्मीको मदानेमा एकिकृत बस्ती हस्तान्तरण



गुल्मी । गुल्मीको मदाने गाउँपालिका-३ सिर्सेनीमा एकीकृत बस्ती हस्तान्तरण गरिएको छ । मदाने गाउँपालिकाले निर्माण गरेका १७ घर पूर्वमन्त्री तथा गुल्मी क्षेत्र न २ का सांसद गोकर्ण विष्टले हस्तान्तरण गरेका हुन् । घर प्राप्त गर्ने ९५ प्रतिशत घर परिवार दलित छन् ।

सालझण्डी-ढोरपाटन सडक र भूकम्पका कारण बस्ती पहिरोको जोखिममा परेपछि लामो समयदेखि समस्यामा परेका थिए । स्थानीय तह पहिलेदेखिकै समस्या भएपनि कसैले उनीहरुलाई व्यावस्थापनको पहल गरेनन् । सोहि गाउँका शालिक बहादुर कामीले ठूलो पानी परे घर छोडेर विद्यालय वा त्रिपाल टाँगेर बस्नुपर्ने बिगत सम्झिए ।

स्थानीय तहको निर्वाचनपछि मदाने गाउँपालिकाले आफै जग्गा प्राप्त गरेर ९९ लाख ४१ हजारको लागतमा बस्ती निर्माण गरेको गाउँपालिका प्रमुख दानबहादुर केसीले जानकारी दिए । उनले गाउँपालिकाका चार स्थानमा एकीकृत बस्ती निर्माणको काम भए पनि गाउँपालिकाले आफ्नै लगानीमा १७ घर निर्माण गरेको बताए । कोभिडको कारण समयमै बस्ती हस्तान्तरणको काम भएको थिएन् ।

गाउँपालिकाले जग्गा खरिदसहित दुई कोठे घर, शौचालय, निशुल्क मिटरबक्स र धाराहरु निर्माण गरेर १७ घरलाई हस्तान्तरण गरेको गाउँपालिका उपप्रमुख सरिता खड्काले जानकारी दिइन् । सिर्सेनीकै काफलपाटा, सिम र खन्युखर्कमा पनि एकिकृत बस्ती निर्माणको काम भइरहेको छ । काफलपाटा, सिम र खन्युखर्कमा पुनर्निर्माण प्राधिकरणबाट एकीकृत बस्ती निर्माणको काम भएको खड्काले बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाल भुसालले अब घरहरुको रेखदेख समुदाय आफैले गर्नुपर्ने बताए । उनले आफ्नो र सरकारले बनाएको दृष्टिकोण राखे बस्तीको संरक्षण नहुने भएकाले ख्याल गर्न स्थानीयलाई आग्रह गरे ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ७ : ४९ बजे

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू