२० मंसिर २०८२, शनिबार | December 6, 2025

५० नाघेका नेपालीको सरकारले निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, प्रधानमन्त्री सहित सबै मन्त्रीहरुले गरे अङ्ग दान गर्ने घोषणा



काठमाडौं । सरकारले ५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले ५० वर्ष भन्दा माथिका सबै नागरिकलाई वर्षमा १ पटक निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार आजको बैठकले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने निर्णय समेत गरेको छ । ज्येष्ठ नागरिकलाई लक्षित गरेर छुट्टै अस्पताल खोल्ने निर्णय गरेको ती मन्त्रीले बताए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेको पनि ती मन्त्रीले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ९ : २३ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय