१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बार अव २४ सै घण्टा संचालन गर्न पाइने (गृहको सूचनासहित)



काठमाडौं । अवदेखि १० बज्दा नबज्दै व्यवसाय बन्द गराउन प्रहरीले जारी गर्ने उर्दी नलाग्ने भएको छ । गृह मन्त्रालयले रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न दिने निर्णय गरेसँगै १० बजेपछि हरेक दिन रात्रिकालीन व्यवसायीले झेल्नु पर्ने प्रहरीको गाली सुन्न नपर्ने भएको हो ।

मन्त्रालयले रात्रिकालीन व्यवसायमा लगाइँदै आएको समय सीमा हटाएर २४ सैं घण्टा चल्न दिने निर्णय गरेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

गृहको निर्णयसँगै अब १० बजेपछि बन्द हुने गरेका होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन गर्न पाइने भएको छ ।

लामो समयदेखि रात्रिकालिन व्यवसाय गर्ने व्यवसायीले मध्यरात नहुँदै व्यवसाय बन्द गर्नु पर्दा व्यवसायले सफलता हासिल गर्न नसक्ने गरेको गुनासो गर्दे आएका थिए । गृहमन्त्री नियुक्त भएदेखि रात्रिकालिन व्यवसायलाई २४ सै घण्टा संचालन हुन दिनुपर्ने अडान लिंदै आएका गृहमन्त्री खाँणले त्यसका लागि अध्ययन गरेर मापदण्ड बनाउन मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए।

कार्यदलले गरेको सिफारिसकै आधारमा गृहले रात्रिकालीन व्यवसायलाई २४ सै घण्टा चल्न दिने निर्णय गरेको हो।

रात्रिकालीन व्यवसाय रातभरी संचालन गर्न पाइएपनि त्यसलाई संचालन गर्न बनाइएको मापदण्डमा डान्सबार तथा नृत्य प्रस्तुत हुने स्थानमा अश्लिलता प्रदर्शन हुने गरी नाँच्न नपाइने भनिएको छ। मापदण्डमा आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा पुग्ने सेवाग्राहीको रुपमा सेवा लिन आउने सबै पाहुनलाई स्वस्थ मनोरञ्जन प्रदान गर्नुपर्ने उल्लेख छ ।

मन्त्रालयको सूचनामा त्यस्ता व्यवसाय संचालन गर्ने व्यवसायीले कानुन अनुसार इजाजत प्राप्त गरेर मात्र मनोरञ्जन प्रदान गर्नु पर्ने, रात्रिकालीन व्यवसायमा काम गर्ने कामदारलाई पद अनुसार पोशाक, रातिको खाना र घरसम्म पुग्ने यातायातको सुविधा पनि उपलब्ध गराउनुपर्ने, पर्यटन, होटल, रष्टुरेन्ट तथा मनोरञ्जनात्मक क्षेत्रमा बालश्रमिकको प्रयोग गर्न नपाइने, साथै १८ वर्ष उमेर नपुगेका बालबालिकालाई डान्स, रेष्टुरेन्ट, बार, लाइभ ब्याण्ड, लाउन्ज बार, पवबार, क्लब, डिस्को जस्ता व्यवसायमा ग्राहकको रुपमा प्रवेश गर्न पनि निषेध गर्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ।

यस्तो छ गृहको सूचना :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2022/03/home.pdf”]

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  १० : ५० बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a

चिनियाँ राष्ट्रपति सीले नेपाली समकक्षी पौडेललाई पठाए समवेदना सन्देश

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन सीमा क्षेत्रको ग्यिरोङ–रसुवा