१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

बोटलर्स नेपालविरुद्ध कर छलि मुद्दा, ७ अर्ब ४३ करोड बिगो दाबी



काठमाडौं । झण्डै चार अर्ब कर छलि गरेको आरोपमा बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ ।

राजश्व अनुसन्धान विभागले तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ राजश्व छलि गरेको अभियोगमा आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टबीच शेयर कारोबार हुँदाको समयमा बोटलर्स नेपाल लिमिटिडको प्रतिकित्ता शेयरको स्वतन्त्र बजार मूल्य तीन हजार ८८३ थियो ।

सोमा कोकाकोला साब्कोको प्रतिकित्ता शेयर खरीद मुल्य ५३६ लाई लागतको रूपमा घटाउँदा हुन आउने रकम तीन हजार ३४७ प्रतिकित्ता पूजीगत लाभ हुने अनुसन्धानबाट पुष्टि भएको विभागले जनाएको छ ।

सोही आधारमा कोकाकोला साब्को एशियाको बोटलर्स नेपालमा रहेको शेयर संख्या १४ लाख ८४ हजार ३०१ को बिक्री वापत जम्मा चार अर्ब ९६ करोड ७९ लाख ५५ हजार ४४७ पूँजीगत लाभ कायम हुने विभागले जनाएको छ ।

आयकर ऐन, २०५८ को अनुसूची १ को दफा २(१) बमोजिम २५ प्रतिशतका दरले हुने तीन करोड ४१ लाख ९५० रूपैयाँ र दफा ११८ बमोजिम ब्याज १५ प्रतिशतका दरले हुने ९ करोड ७८ लाख ६ हजार ६२२ रूपैयाँ र दफा ११९ बमोजिमको ब्याज १५ प्रतिशतका दरले हुने एक अर्ब १० करोड २२ लाख ६५ हजार ११५ रूपैयाँ र दफा १२० (ख) बमोजिमको शुल्क एक अर्ब २४ करोड १९ लाख ८८ हजार ८६२ रूपैयाँ समेत कुल बिगो तीन अर्ब ७१ करोड ८१ करोड ५० लाख ४११ रूपैयाँ हुने जनाइएको छ ।

राजश्व चुहावट –अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा २ को उपदफा ९(छ)(१) बमोजिमको बिगो बराबरको राजस्व चुहावट भएको अनुसन्धानबाट पुष्टि भएको भन्दै विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागले बालाजु औद्योगिक क्षेत्रस्थित बोटलर्स नेपाल लिमिटेड, कम्पनीका सञ्चालक समितिमा रहेका रहेका संयुक्त अरब ईमिरेट्सको दुबईस्थित कम्पनी कोका कोला साउथबेष्ट होल्डिङ लिमिटेडको कोका कोला साब्को एशियाको तर्फबाट प्रतिनिधित्व गर्ने चेयरम्यान शुक्ला वासन लगायतका १७ जनाविरुद्धमा मुद्दा दायर गरेको हो ।

विभागले उनीहरूविरुद्ध सात अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बिगो र सजायको मागदावी गरेको छ । साथै अधिकारीहरूलाई समेत राजश्व चुहावट –अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ४(झ) र दफा २३ (३) को कसुरमा ऐनको दफा २३(३) बमोजिम सजाय हुन मागदावीसहित अभियोगपत्र दायर गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ४ : ४० बजे

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर

एमसिए-नेपाल अन्तर्गतको धानखोला-लमही सडक एफडीआर प्रविधिबाट स्तरोन्नति हुँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनअपेक्षा अनुसार सडक

गैरीगाउँ क्षेत्रका सबै ठूला घर भत्काइयो

काठमाडौं । गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला

चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश

काठमाडौं । चलचित्र लालीबजार को प्रदर्शनमा उच्च अदालत पाटनले तत्कालका