७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कुष्ठ रोगीलाई हेला हैन उपचारको व्यवस्था गरौँ : उपराष्ट्रपति पुन



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कुष्ठ रोगीलाई हेला नगरी उपचारको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

२४ औं अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा शुक्रबार आइडिया नेपाल, द लेप्रोसी मिसन नेपाल तथा साउथ वेष्टर्न स्टेट कलेजले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनले कुष्ठ रोगीलाई हेला नगरी उपचारको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

कुष्ठ रोगी मात्र नभएर कुनै पनि किसिमा बिरामीलाई हेला नगरी उपचारको व्यवस्था गर्नु परिवार र राज्यको दायित्व रहेको बताएका उनले समाजमा देखिएका विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए ।

उपराष्ट्रपति पुनले रोगीमाथि गरिने हेला र जातीय विभेद अन्त्य गरेर समाजमा सबैले सम्मानसाथ बस्न पाउने वातावरण बनाउनु सबैको दायित्व र कर्तव्य रहेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा प्रमुख डा। रविन्द्र बास्कोटाले पनि कुष्ठ रोगीलाई हेला नगरी बेलैमा उपचार गराउनु पर्ने बताए । कुष्ठ रोगको नेपालमा निःशुल्क उपचार हुने गरेको उनले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० नेपाल प्रमुख डा. राजेश संभाजीराव पाण्डवले पनि कुष्ठ रोग उपचार गरेर सहज जीवनायपनको व्यवस्था गराउनु समाज र राज्यको दायित्व र कर्तव्य भएको बताए ।

कुष्ठ रोग निदानका लागि डब्लूएचओ र यसका सदस्य राष्ट्रले निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिँदै उनले रोगीलाई बेलैमा स्वास्थ्य संस्थामा लगेर उपचार गराउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ५ : ४८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल