८ बैशाख २०८३, मंगलबार | April 21, 2026

जसपा बैठकः बहुपदीय अस्वीकार



काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) बहुपदीय व्यवस्थामा नजाने भएको छ । बहुपदीय एवं सामूहिक नेतृत्वमा जानुपर्ने माग उठे पनि हाललाई सो व्यवस्थामा नजाने निष्कर्षमा सो पार्टी पुगेको छ ।

बिहीबार र शुक्रबार काठमाडौंमा जसपाको कार्यकारिणी समितिको बैठक बस्यो । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सामूहिक एवं बहुपदीय प्रणालीमा जानुपर्ने गरेको प्रस्ताव अध्यक्ष उपेन्द्र यादव समूहले ‘टालटुल’ गर्दै हाललाई यथास्थितिमै पार्टीलाई अगाडि बढाउने पक्षमा उभिएको छ ।

कार्यकारिणी समितिको बैठकमा डा. भट्टराई पक्षले सामूहिक एवं बहुपदीय व्यवस्थामा जानुपर्ने माग गरेका थिए । यसअघि समेत भट्टराई समूहले यो मुद्दा उठाउँदै आएको भए पनि पार्टीमा लागू नगर्ने पक्षमा यादव समूह उभिएपछि हालकै व्यवस्थाअनुसार पार्टी अगाडि बढ्ने भएको छ ।

‘बहुपदीय र सामूहिक नेतृत्वमा जानुपर्ने माग बैठकमा उठेको छ । तर, हाललाई सोअनुसार निर्णय हुन सकेन,’ बैठकमा सहभागी कार्यकारिणी समितिका एक सदस्यले भने, ‘बहुपदीय र सामूहिक नेतृत्वमा गए उपेन्द्रजीको मनोमानी चल्दैन, त्यही भएर बाबुरामजीले उठाउँदै आएको सो विषयमा केही पनि निर्णय हुन सकेन ।’

कार्यकारिणी समितिको बैठक शुक्रबार सम्पन्न गरेर जसपाले संघीय परिषद्को बैठक शनिबार राखेको छ । संघीय परिषद्को बैठक सम्पन्न गर्दै आइतबार र सोमबार काठमाडौंमै केन्द्रीय समितिको बैठक बस्नेछ ।

संघीय परिषद्को बैठकमा संघीय परिषद्का अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । सो प्रतिवेदनमा छलफलपश्चात् आइतबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष यादवले पेस गर्ने राजनीतिक प्रतिवेदनमा छलफल हुनेछ ।

जसपामा संघीय परिषद्का अध्यक्ष भट्टराई, केन्द्रीय समितिको अध्यक्ष यादव र वरिष्ठ नेतामा अशोक राई छन् । उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायतका पद रिक्त छ । कार्यकारिणी समितिको बैठकले भट्टराई, यादव र राई रहेको तीन सदस्यीय ‘हाइकमान्ड’ कमिटी गठन गरेको छ ।

महत्वपूर्ण विषयमा केही निर्णय गर्नुपर्ने अवस्थामा यो कमिटीले निर्णय गर्न सक्ने अधिकार कार्यकारिणी समितिले दिएको छ । जसपा कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले बहुपदीय प्रणालीमा जानुपर्ने विषयमा छलफल भए पनि निर्णय गर्न बाँकी रहेको बताए ।

जसपा कार्यकारिणी समितिका सदस्य मनीष सुमनले स्थानीय तहको निर्वाचन, पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बताए । संघीय परिषद् र केन्द्रीय समितिको बैठकमा पेस हुने राजनीतिक प्रतिवेदनबारे छलफल भएको बताए ।

स्थानीय तह निर्वाचनमा उठ्ने उम्मेदवारको सिफारिसमा राईको हस्ताक्षर चल्ने निर्णय यसअघि नै बसेको कार्यकारिणी समितिको बैठकले निर्णय गरिसकेको छ । यो निर्णयबारे छलफल गर्दै केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ ।

यस्तै, कार्यकारिणी समितिको बैठकमा सत्तारूढ गठबन्धनलाई आगामी निर्वाचनमा समेत निरन्तरता दिनुपर्ने सुझाव आएको छ । आगामी दिनमा हुने स्थानीयका साथै प्रतिनिधि सभा, प्रदेश सभालगायतको निर्वाचनमा सत्तारूढ गठबन्धनलाई निरन्तरता दिनुपर्ने सुझाव आएको हो । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ७ : १४ बजे

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई