८ पुस २०८२, मंगलबार | December 23, 2025

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु



चितवन । चितवनको ईच्छाकामना गाउँपालिका २ रमाइलो डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ईच्छाकामना २ का ३४ वर्षीय रविन गुरुङ‚ ३० वर्षीया तृप्ति गुरुङ र पाँच वर्षीय आर्यन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । रविन मोटरसाइकल चलाइरहेका थिए भने तृप्ती र आर्यन पछाडि सवार थिए ।

रविनले चलाएको प्रदेश २-०३-००२ प ५९८६ मोटरसाइकल अनियन्त्रित भई डाँडाबाट करिब ५०० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय, टाँडीका प्रहरी निरीक्षक रोशन खड्काले बताए । शुक्रबार साँझ भएको दुर्घटनामा तीनै जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

उनका अनुसार तृप्ति र आर्यन आमाछोरा हुन् । रविन उनीहरुका आफन्त हुन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ८ : ०४ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस

सरकारी टोलीद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण

ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्तिस कानुन, न्याय तथा संसदीय

सरकारी टोलीद्वारा पेरिसडाँडास्थित नेकपाको कार्यालयमा अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो