१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

अभिनय गर्ने राजेश हमालले गाउन थाले, भन्छन् – म गोपाल योञ्जनका चेला



काठमाडौं । कलाकार राजेश हमाल एक कुशल अभिनेता हुन् भन्ने सबैलाई जगजाहेर नै छ । हमालले अभिनय गरेका अधिकांश फिल्ममा उनलाई ग्रामीण परिवेशको पात्रको रुपमा दर्शकले हेर्दै आएका छन् । यिनै अभिनेता हमालको पहिलो सोलो गायनको गीत ‘गाउँले ठिटो’ दर्शकमाझ आएको छ ।

भिडियो सार्वजनिक गर्न गत शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा अभिनेता हमाल केही नोस्टाल्जिक बने । उनी आफ्नो गायन यात्रालाई स्कुल परिवेशसँग जोडे ।

उनले आफू वरिष्ठ संगीतकार तथा गायक गोपाल योञ्जनको चेला भएको स्मरण गरे । ‘विद्यालयमा मेरो संगीतको शिक्षक नै वरिष्ठ संगीतकार गोपाल योन्जन हुनुहुन्थ्यो । कक्षा ६ पढ्ने बेलासम्म उहाँले अगाडी बोलाएर गाउन लगाउनु हुन्थ्यो । तर, कक्षा १० पुग्ने बेलासम्ममा स्वर नराम्रो जस्तो लाग्यो । त्यसपछि कहिल्यै गाउने कोशिस नै गरिनँ । अहिले आएर फेरि गीत गाउने प्रयास गरेको हुँ,’ उनले भने ।

गीतकार गोविन्द भट्टको शब्द र संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभूषामा देखिएका छन् । हमालका अनुसार यो गीतका लागि उनले करिब तीन महिनासम्म तयारी गर्नुपरेको थियो । ‘नेपाल र नेपालीको कथा झल्किने गीतमा गाउने र अभिनय गर्ने चाहना थियो । मैले जीवनमा हलो जोतेको अनुभव लिएको छैन । मैले जति पनि फिल्ममा अभिनय गरेको छु, ती सबैमा म कलाकार बनेर आम नेपालीहरुले अपनाउने जीवन शैलीलाई नै उतारेको छ ।’ उनले भने ।

देवेन्द्र पाण्डे निर्देशित भिडियोमा रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेको कथालाई देखाइएको छ । भिडियोमा हमालको साथमा उत्तम केसी, गोबिन्द भट्ट, एसके दाहाल लगायतको अभिनय रहेको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोका सम्पादक विकास दाहाल हुन् ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ९ : ०० बजे

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सांसद सरस्वती बजिमय

काठमाडौं । वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन्

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

उदयपुर । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र

इलाममा ४३ मत मात्र आएपछि कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो !

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल