१ पुस २०८२, मंगलबार | December 16, 2025

बुटवलमा कपाल प्रत्यारोपण सम्बन्धी उच्च प्रविधि



बुटवल । बुटवलमा कपाल प्रत्यारोपणमा पछिल्लो उच्च प्रविधि बि.एस.टी सहितको सेवा बुटवलमा सुरु भएको छ ।

बुटवलमा कपाल प्रत्यारोपणको लागि सबैभन्दा भरपर्दो मानिएको अरोगीनको एफयूई प्रविधिसुरु भएको हो ।

बुटवलको पुष्पलालपार्कमा कपाल प्रत्यारोपण सेवा सुरु गरिएको र त्यहाँबाट परामर्श तथा कपाल प्रत्यारोपण सेवा प्रदान गरिने ‘अरोगीन हेयर एण्ड स्कीन’ की प्रशासन विभाग प्रमुख जानुका विष्टले जानकारी दिइन ।

उनका अनुसार सन् २०१६ मा काठमाडौंमा सुरु गरिएको यो सेवा अहिले देशका मुख्य शहरहरु बुटवल सहित पोखरा, विराटनगर र भारतको दिल्लीमा पनि प्रदान गरिएको छ । त्यस्तै निकट भविश्यमा भक्तपुर र बनेपामा पनि शाखा सञ्चालन गर्ने तयारी गरिएको उनले बताइन ।

अरोगीन हेयर एण्ड स्कीनले १०० प्रतिशत ग्यारेन्टी सहितको नयाँ उच्चतम प्रविधिको सेवा सुरु गरेको र हालसम्म ५ हजार बढीको सफल प्रत्यारोपण गरिसकेको वरिष्ठ कपाल प्रत्यारोपण सर्जन डाक्टर मनिष भक्त प्रधानले बताए ।

जलेको ठाउँमा पनि ग्यारेन्टी सहितको सेवा प्रदान गर्ने गरी सेवा प्रदान गरिएको ड्रिम स्कीनकी प्रमुख डाक्टर एलिना शर्माले बताइन ।

सामान्य छालारोग, मोडिफिसियल, मेडिपिल, बोटक्स, कपाल झर्ने समस्या, लेजरबाट कपाल काट्ने, छालामा भएका ट्यागहरु हटाउने लगायतका सेवाहरु प्रदान गर्दै आएको ड्रिम स्कीनकी डाक्टर शर्माले बताइन ।

बुटवल शाखा शुभारम्भको अवसरमा पहिलो १० जनालाई ३० प्रतिशतसम्म छुट गरिने पनि शर्माले बताइन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : ३४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज