३ चैत्र २०८२, मंगलबार | March 17, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमाथि छलफलको मिति तोक्दै



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अगाडि बढ्ने भएको छ । प्रतिनिधि सभाको आजको बैठकले महाभियोग प्रस्तावबारे छलफल हुने दिन र समय निर्धारण गर्ने भएको छ ।

प्रतिनिधिसभाको दशौँ अधिवेशनको ११ औँ बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा ‘आजको बैठकले संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने’ उल्लेख छ ।

प्रतिनिधिसभाले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरिसकेको छ। समितिमा प्रमुख प्रतिपक्षी एमाले पनि सहभागी छ । जबराविरुद्ध गत १ फागुनमा महाभियोग दर्ता भएको थियो ।

त्यस्तै, आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको २१ औं वार्षिक प्रतिवेदन, २०७८० पेस गर्ने सम्भावित कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ८ : ०४ बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै