८ माघ २०८२, बिहिबार | January 22, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमाथि छलफलको मिति तोक्दै



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अगाडि बढ्ने भएको छ । प्रतिनिधि सभाको आजको बैठकले महाभियोग प्रस्तावबारे छलफल हुने दिन र समय निर्धारण गर्ने भएको छ ।

प्रतिनिधिसभाको दशौँ अधिवेशनको ११ औँ बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा ‘आजको बैठकले संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने’ उल्लेख छ ।

प्रतिनिधिसभाले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरिसकेको छ। समितिमा प्रमुख प्रतिपक्षी एमाले पनि सहभागी छ । जबराविरुद्ध गत १ फागुनमा महाभियोग दर्ता भएको थियो ।

त्यस्तै, आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको २१ औं वार्षिक प्रतिवेदन, २०७८० पेस गर्ने सम्भावित कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ८ : ०४ बजे

सुनचाँदीको भाउ थोरै घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको चुनौती

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो

रास्वपाको चुनावी अभियान : इलाममा बालेन्द्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी । लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।