७ आश्विन २०८३, बुधबार | September 23, 2026

रोटरी डाउनटाउनको निशुल्क स्वास्थ्य शिविर



बुटवल । रोटरी क्लब अफ बुटवल डाउनटाउनको आयोजना शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

देवदह नगरपालिका वडा नं २ स्थित ढिकार चेली कृषि सहकारी संस्थाको समन्वय तथा आम्दा बाल तथा महिला अस्पतालका स्त्रीरोग बिशेषज्ञको प्राविधिक सहयोगमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाच ९भिआईए टेष्ट० तथा निशुल्क औषधि वितरण कार्यक्रम गरिएको हो ।

ग्रामिण क्षेत्रका महिलाहरुमा सचेतना जगाउने गरि शिविर गरिएको क्लबका अध्यक्ष जबिन कक्षपतिले बताए । रोगका लक्षण देखिएपछिमात्र अस्पताल उपचारमा जाने ग्रामिण भेगका महिलाहरुलाई बानी परिवर्तन गराउने गरि निरन्तर अभियानका रुपमा कार्यक्रम गरिएको उनले बताए ।

जटिल रोगको शुरुवाती चरणमा नै उपचार गरे खर्च थोरै लाग्नुका साथै उपचार सम्भव हुने उनले बताए । शिविरमा क्यान्सरका लक्षण देखिएका ६(७ जना विरामीलाई थप उपचारका लागि परामर्श दिईएको उनले बताए ।

शिविरको देवदह नगरपालिका वडा नं २ का अध्यक्ष धर्म ज्ञवालीले उद्घाटन गर्दै सामाजिक सेवामा संघसंस्थाहरुको योगदान महत्त्वपूर्ण रहेको बताए ।

कार्यक्रममा चेली सहकारीका अध्यक्ष सावित्री बस्याल, क्लबका पुर्ब अध्यक्ष रबिलाल पोखरेलले शिविर कार्यक्रम निक्कै प्रभावकारी भएको भन्दै आगामि दिनहरुमा समेत निरन्तरता दिईने बताए ।

शिविरमा आम्दा बाल तथा महिला अस्पतालका स्त्रीरोग बिशेषज्ञ डा सर्मिला शर्मा तथा नेपाल परिवार नियोजन संघका प्रबन्धक बिष्णु गुरुङसहित ३० जना स्वस्थ्यकर्मीहरुले सेवा दिएको संयोजक बिमल श्रेष्ठले बताए । शिविरमा स्वस्थ्य परिक्षणका साथै निशुल्क औषधि वितरण समेत गरिएको उनले बताए । शिविरमा २ सय ७० सय जना स्थानीय महिलाहरुले निशुल्क जाँच सेवा लिएका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ९ : ४३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज