२२ मंसिर २०८२, सोमबार | December 8, 2025

प्रतिनिधिसभा बैठक : संसद अवरोध अन्त्य गर्न सभामुख सापकोटाको रुलिङ



काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका छन् ।

उनले प्रतिनिधिसभामा विचाराधीन ४२ विधेयकलाई नियमानुसार पारित गर्ने, आमनागरिकका दैनिक समस्याहरू जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने, कानुन निर्माण एवं निगरानी गर्ने कार्यहरूसमेत अवरोधका कारण प्रभावित हुन पुगेको भन्दै रुलिङ गरेका हुन् ।

‘विचाराधीन विधेयकहरूलाई नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु हामी सवैको दायित्व हो । संसद अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएकोमा जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएकोमा माननीय सदस्यहरूले मलाई पटक पटक ध्यानाकर्षण गराउनु भएको छ । संसदलाई प्रभावकारी बनाउन आमरुपमा प्रश्न उठिरहेको छ । तसर्थ अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरुलाई विशेष अनुरोध गर्दछु,’ उनले भने ।

एमाले सांसदको अवरोधका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएको भन्दै सभामुख सापकोटाले रुलिङ गरेका हुन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  २ : ०० बजे

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता

नागढुङ्गा-नौबिसे सडक मङ्सिर २४ गतेदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे

मोबाइलदेखि कम्प्युटरसम्म, आँखादेखि कानसम्म : यी हुन् दलहरूका चुनाव चिह्न

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई