५ पुस २०८२, शनिबार | December 20, 2025

संसदको अर्को बैठक २ चैतमा बस्ने



काठमाडौं । प्रतिनिधिसभाको बैठक अब २ चैतमा बस्ने भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक २ चैत दिउँसो १ बस्ने जानकारी दिएका हुन् ।

आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरिएको छ ।

बैठकमा सांसदद्वय भीम रावल र प्रेम सुवालले भारतले सीमा अतिक्रमण गरिरहेको र यसप्रति नेपाल सरकार मौन बसेको अन्दै आपत्ति जनाए । एमसीसी सम्झौता अनुमोदनपछिको अवस्थाबारे जानकारी दिन रावलले माग गर्दा सुवालले एमसीसी खारेज गर्न माग गरे ।

एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले संसदको कार्यसूची अघि बढाएका हुन् । सापकोटाले संसदमा कायम अवरोध हटाउन आजको बैठकमा रुलिङसमेत गरेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  २ : २१ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र