२५ असार २०८३, बिहिबार | July 9, 2026

प्रकाश सपुतको गीतबारे बोले प्रचण्ड – कोही उत्तेजित हुनुपर्ने छैन



धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतको गीत ‘पिर’को म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया दिएका छन् ।

माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरुले सपुतको उक्त गीतको म्युजिक भिडियो युट्युबबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले सोमबार धनगढी विमानस्थलमा पत्रकारसँग भने, ‘मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएको हुँ । अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन ।’

शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्‍यो भन्ने पनि नरहेको उल्लेख गर्दै प्रचण्डले जनयुद्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने बताए । तर, यो विषयमा सयौं वर्षसम्म पनि बहस रहने उल्लेख गर्दै प्रचण्डले तर्क-वितर्क,पक्ष-विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने बताए ।

जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने उनले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  १० : ३२ बजे

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’

प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस

काठमाडौँ । प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक, २०८३ पेस भएको

मौद्रिक नीतिपछि सेयर बजारमा निरन्तर दबाब, दोस्रो दिन पनि १९.६७ अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक भएपछि सेयर