८ पुस २०८२, मंगलबार | December 23, 2025

सिन्धुलीमा जन्ति बोकेको टिपर दुर्घटना : दुई जनाको मृत्यु, २४ जना घाइते



सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुरखोलामा आइतबार साँझ जन्ति सवार टिपर अनियन्त्रीत भएर पल्टीदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आइतबार साँझ ८ बजे बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४ ९० नम्बरको टिपर अनियन्त्रित भइ सडकमा पल्टिएको थियो ।

गम्भीर घाइते भएका टिपरमा सवार उदयपुरको कटारी नगरपालिका २ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो ।

गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ । अन्य घाइतेहरुको बिराटनगर, कटारी र सिन्धुलीका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ । बेहुला बेहुली भने अर्कै गाडीमा सवार रहेको खुलेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  १० : ३५ बजे

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा

नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका