१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

पाँचौं पाकिस्तान आर्मी टिम स्पिरिट प्रतियोगितामा नेपाली सेनालाई स्वर्ण पदक प्राप्त



रावलपिन्डी । नेपाली सेनाले पाँचौं अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्पिरिट (PATS) प्रतियोगिता २०२२ मा स्वर्ण पदक जितेको छ । सम्पन्न भएको छ ।

पाकिस्तानको पब्बीस्थित नेशनल काउन्टर टेररिज्म सेन्टर (NCTC) आयोजित प्रतियोगितामा नेपाली सेनाले स्वर्ण पदक हासिल गरेको पाकिस्तानी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन्स (आईएसपीआर)ले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रतियोगितामा पाकिस्तानी सेनाका आठ र नेपाल, जोर्डन, मोरक्को, टर्की, उज्वेकिस्तान, केन्या, साउदी अरेबिया र श्रीलंका गरी आठ अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहेको थियो ।

नेपालबाहेक टर्की र उज्वेकिस्तानले पनि स्वर्ण पदक हात पारेका छन् भने केन्या, मोरक्को र श्रीलंका आर्मीले रजत तथा जोर्डन र साउदी अरेबियाको टोलीले काँस्य पदक जितेका छन् ।

प्रतियोगितामा आन्तरिकतर्फ पाकिस्तानको मुल्तान कोर्पसले उपाधी जित्न सफल भयो रावलपिण्डी कोर्पसले दोस्रो स्थान हात पारेको थियो ।

प्रतियोगिताका सहभागीहरुलाई समापन समारोहका प्रमुख अतिथि इन्स्पेक्टर जनरल ट्रेनिङ एण्ड इभ्यालुएसन लेफ्टिनेन्ट जनरल सैयद मुहम्मद अदनानले पुरस्कार तथा मेडल वितरण गरेका छन् ।

समापन समारोहमा साउदीका राजदूत नवाफ सइद अल मलिकी, मोरक्कोका राजदूत मोहम्मद कार्मोने, सहभागी देशका पर्यवेक्षक र रक्षा सहचारीहरूको पनि उपस्थिति रहेको विज्ञप्तिमा जनाइएको छ ।

मार्च ७ देखि ९ तारिखमा ६० घण्टा लामो प्रतियोगिता निकै कठिन रहेको थियो । सहभागी टोलीहरूको शारीरिक सहनशीलता, मानसिक चुस्तता र रणनीतिक दक्षताका आधारमा मूल्याङ्कन गरिएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  २ : २० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम