२९ मंसिर २०८२, सोमबार | December 15, 2025

मुल्य वृद्धि नियन्त्रण गर्नको लागि कानुन परिमार्जित गर्न सकिन्छ : लुम्बिनी प्रदेश वन तथा भु-संरक्षण मन्त्री हमाल



बुटवल । लुम्बिनी प्रदेशका वन तथा भु-संरक्षण मन्त्री मन्त्री सुरेन्द्र हमालले मुल्यवृद्वि नियन्त्रणका लागि कानुन परिमार्जित गर्न सकिने बताएका छन ।

मुल्यवृद्विले आमजनता मारमा परेको अवस्थामा मृल्यवृद्वि नियन्त्रणका लागि कानुन परिमार्जन गर्न सकिने बताए । खुद्रा तथा किराना व्यावसायी संघ रुपन्देहीको सोमबार बुटवलमा आयोजित पदहस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री हमालले कानुन कुनै गीता र बाईवल नभएकाले समयको माग र आवश्यक्ता अनुसार कानुन परिमार्जन गर्न सकिने बताए ।

उनले प्रदेश सरकार जनताका समस्याप्रति गम्भीर रहेकाले सरकारले जनपक्षीय कामलाई ध्यान दिएको दावी गरे । नीजि क्षेत्रका समस्याप्रति प्रदेश सरकार जानकार रहेको उल्लेख गर्दै साना तथा किराना व्यवसायीका समस्या हल गर्न पहल गर्ने प्रतिवद्वता जनाए ।

मन्त्री हमालले किराना व्यावसायीका लागि जग्गाको व्यावस्थापन मिलाउन राजनीतिक दलहरुलाई आग्रह गर्दै भवन बनाउन प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिए । किराना व्यावसायीले मुल्यवृद्वि नियन्त्रण गर्न र खुल्ला सीमानाबाट हुने चोरी निकासी रोक्ने गरी कार्यक्रम ल्याउन सरकारसंग माग गरेका छन् ।

मोहन बस्यालको अध्यक्षता र महासचिव गोपाल श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो । खुद्रा किराना व्यवसायी संघ बुटवलको १५ औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशनबाट निर्वाचितहरुलाई पदहस्तान्त्रण गरिएको छ ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : ३५ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर