२४ आश्विन २०८३, शनिबार | October 10, 2026

नयाँ भन्सार एजेन्ट रोक्न पुरानाको चलखेल



काठमाडौं । दुई दशकदेखि आयातनिर्यातमा सहजीकरण गर्दै आएका भन्सार एजेन्टले विभिन्न अस्त्र प्रयोग गरेर नयाँ एजेन्ट नियुक्ति रोक्न चलखेल गरेका छन् । नयाँ एजेन्टले लाइसेन्स पाउँदा सिन्डिकेट तोडिने भएपछि परीक्षा रोक्न उनीहरूले लबिङ गरेका हुन् ।

दुई दशकदेखि नयाँ भन्सार एजेन्ट नियुक्त भएका छैनन् । विगतमा भन्सार एजेन्टहरू अर्थ मन्त्रालय र भन्सार विभागका अधिकारीलाई प्रभावित पारेर नयाँ एजेन्टको परीक्षा रोक्न सफल भएका थिए ।

पछिल्लोपटक अर्थमन्त्री जनार्दन शर्मा परीक्षा लिएर नयाँ एजेन्ट नियुक्ति गर्ने अडानमा थिए । फागुन २८ का लागि परीक्षा मिति तय भएको थियो । तर उक्त परीक्षा पनि स्थगित भयो ।

भन्सार विभागले ६६० जना भन्सार एजेन्टका लागि दर्खास्त आह्वान गरेको थियो । त्यसका लागि करिब ९ हजारले आवेदन दिएका थिए । विगतमा विभाग र तालुक मन्त्रालयका अधिकारीलाई प्रभावमा पारेर परीक्षा रोक्न सफल भएका एजेन्ट अहिले भने अप्रासंगिक मुद्दा लिएर अदालत गई परीक्षा रोक्न सफल भएको सरकारी अधिकारीहरू बताउँछन् ।

पुराना एजेन्ट समावेशिताको बहाना बनाएर अदालत पुगेका हुन् । पाटन उच्च अदालतको आदेशले भन्सार एजेन्टको परीक्षा फेरि स्थगित भएको हो । आजको नागरिक दैनिकमा दिलीप पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ७ : ०६ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी । दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित

दिल्लीमा प्रदर्शनअघि ध्रुव राठी, अभिजित दीपकेसहित सीजेपीका नेताहरू हिरासतमा

नयाँदिल्ली । भारतको मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

काठमाडौं । भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका

इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको

अविरल वर्षाका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाले देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका