१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

अतिरिक्त समूहका सहसचिवहरु लामो समयदेखि कामविहीन



काठमाडौं । कर्मचारीको दरबन्दी रिक्त हुनुअघि नै सहसचिव पदको पदपूर्ति गर्दा लामो समयसम्म कामविहीन अवस्थामा सहसचिवहरू अतिरिक्त समूहमा थन्किने गरेका छन् ।

लोकसेवा आयोगले दरबन्दी रिक्त हुनुअघि नै सहसचिव पदको पदपूर्ति गर्दा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा सहसचिवको चाप बढेको छ ।

सहसचिवका पर्याप्त दबरन्दी अभावमा कामविहीन भएर मन्त्रालयमा सहसचिव थुप्रिने गरेका छन् । अहिले मन्त्रालयमा झन्डै २० जना सहसचिव कामविहीन भएर अतिरिक्त समूहमा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अझै १२ जनाजति सहसचिव बढुवा भई आउनेक्रममा रहेका छन् ।

मन्त्रालयकै विभिन्न शाखा, महाशाखा र सिंहदरबार घुमेर ती कर्मचारीले समय बिताउने गरेका छन् । मन्त्रालयका सहसचिव रघुराम विष्टले लोकसेवा आयोगले आफ्नो कार्यतालिकाअनुसार कर्मचारी बढुवा गरेको भए पनि सहसचिव पदको दरबन्दी खाली नहुँदा अतिरिक्त समूहमा थन्काउनुपरेको बताए । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ७ : २० बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको