८ बैशाख २०८३, मंगलबार | April 21, 2026

अतिरिक्त समूहका सहसचिवहरु लामो समयदेखि कामविहीन



काठमाडौं । कर्मचारीको दरबन्दी रिक्त हुनुअघि नै सहसचिव पदको पदपूर्ति गर्दा लामो समयसम्म कामविहीन अवस्थामा सहसचिवहरू अतिरिक्त समूहमा थन्किने गरेका छन् ।

लोकसेवा आयोगले दरबन्दी रिक्त हुनुअघि नै सहसचिव पदको पदपूर्ति गर्दा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा सहसचिवको चाप बढेको छ ।

सहसचिवका पर्याप्त दबरन्दी अभावमा कामविहीन भएर मन्त्रालयमा सहसचिव थुप्रिने गरेका छन् । अहिले मन्त्रालयमा झन्डै २० जना सहसचिव कामविहीन भएर अतिरिक्त समूहमा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अझै १२ जनाजति सहसचिव बढुवा भई आउनेक्रममा रहेका छन् ।

मन्त्रालयकै विभिन्न शाखा, महाशाखा र सिंहदरबार घुमेर ती कर्मचारीले समय बिताउने गरेका छन् । मन्त्रालयका सहसचिव रघुराम विष्टले लोकसेवा आयोगले आफ्नो कार्यतालिकाअनुसार कर्मचारी बढुवा गरेको भए पनि सहसचिव पदको दरबन्दी खाली नहुँदा अतिरिक्त समूहमा थन्काउनुपरेको बताए । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ७ : २० बजे

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई