११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

सत्ता गठबन्धनलाई ओलीको चुनौती – सबै मिलेर आउँदा पनि कर्‍याक कुरुक मर्‍याक मुरुक पार्छौं



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा एमाले एक्लैले झण्डै दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् ।

मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी गरेका हुन् । ओलीले एमालेलाई चुनाव जित्न कुनै दलको बैशाखी नचाहिने जिकिर गरे । उनले भने, ‘एमालेलाई कसैको बैसाखी टेक्नुपर्छ, ढोडको लौरो टेक्नुपर्छ भन्ने होइन । हामी एक्लै लड्न सक्छौ । हामी ६० देखि ७० प्रतिशत एक्लै जित्न सक्छौ । यति जित्नका लागि अरुको साहारा लिनुपर्दैन ।’

ओलीले गठबन्धनका दलसँग सिंगल सिंगल या समूहमै समेत भिड्न तयार भएको चुनौती दिए । ‘मैले यो हौसिएर बोलिरहेको छैन। केहीले हौसिएर जितिन्छ भनेर हुँदैन भनिरहेका छन्। अफ्ठ्यारो छ गाह्रो छ भनिरहेका छन्’, ओलीले भने, ‘हामीलाई गाह्रो केही पनि छैन। हामी लड्न सक्छौँ। उनीहरु स–साना समूह हुन्, गठबन्धन सबै एकातिर र हामी एकातिर छौँ हुँदा पनि हाम्रो तौल बढी हुन्छ।’

‘एक्लाएक्लै आए त कर्‍याक कुरुक पार्छौं,’ ओलीले भने ‘सबै मिलेर आउँदा पनि कर्‍याक कुरुक मर्‍याक मुरुक पार्छौं ।’

ओलीले सत्तारुढ दलका जनप्रतिनिधि एमालेमा प्रवेश गरिरहेको बताएको विषयलाई चुनाव जित्ने आधार रहेको स्पष्ट पारे । ‘मेयर, उपमेयर, वडाध्यक्ष एमालेतिर प्रवेश गरिरहेका छन् । त्यसकारण हामी जित्छौं, निश्चित रुपमा जित्छौं । यो अनुमानका भरमा, हौसला बढाउन भनेको होइन यथार्थ आधारमा भनेको हो ।’

 

 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ३ : ०५ बजे

पोखरादेखि ३४ यात्रु लिएर काठमाडौं जाँदै थियो धादिङमा दुर्घटनामा परेको बस : पृथ्वी राजमार्ग बस सञ्चालक समिति

गण्डकी । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा आज विहान दुर्घटना

धादिङ बस दुर्घटना अपडेट : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी

कालीगण्डकी लोकमार्ग : लमाएखोलामा दुईवर्षमा सम्पन्न हुनुपर्ने पुल आठ वर्षपछि सम्पन्न

पर्वत । उत्तर-दक्षीण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत

बुटवलमा वडाध्यक्षसहित ५५ जना युवाहरु एमालेमा समाहित, विष्णु पौडेलले गरे स्वागत

बुटवल । बुटवलमा निर्वाचित वडाध्यक्षसहित ५५ जना युवा नेकपा एमालेमा