१४ असार २०८३, आइतबार | June 28, 2026

बुटवलमा तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता शुरु (फोटो फिचर)



बुटवल । एन्फा टेक्निकल देविनगरमा ६ सय जना विद्यार्थीहरुले स्वागत तथा ५ सय २५ जनाले कवाज प्रदर्शन मार्फत तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता २०७८ को शुभारम्भ गरेका छन् । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा साढे ३ सय बढिले बहुसास्कृतिक नृत्य प्रदर्शन समेत प्रदर्शन गर्दै प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।

कालिका मानव ज्ञान माविका विद्यार्थीहरुले कवाज प्रदर्शनकै क्रममा बुटवलमा स्वागत छ भन्ने सन्देश दिएका थिए । यसैगरि विभिन्न विद्यालयका विद्यार्थीहरु आर्कषक मारुनी, कौडा, थारु ,झ्याउने, खुकुरी नाच लगायत प्रदर्शन गरेका थिए ।

कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै युवाहरुको प्लेटफर्मको रुपमा प्रतियोगिता रहेको बताए ।

कार्यक्रममा खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले खेलाडीहरुको उर्वरभुमि लुम्बिनी प्रदेशमा स्थानिय पालिकाहरुको समन्वय गरि दीर्घकालिन र अल्पकालिन योजनाहरु बनाएर आफु अघि बढने बताए ।

उपमहानगर खेलकुद समितिका अध्यक्ष नन्दु काउचाले खेलाडीहरुलाई कुम्भका रुपमा प्रतियोगिता रहेको बताए । काउचाका अनुसार ४ दिनसम्म चल्ने प्रतियोगितामा एथलेटिक्सतर्फ १००, २००, ८०० मिटर, १५०० मिटर दौडहरु, ४ बाई १०० मिटर रिले हिट, ३ हजार मिटर दौड समेत गरिने उनले बताए । कबड्डी, शटफुट, लंगजम्प, त्रिपल जम्प, ज्वाप्लिङ थ्रो लगायतका खेलहरु खेलाईने छन । यसैगरि विभिन्न तौल समुहमा कराते, तेक्वान्दो खेलहरु कालिका कराते एकेडेमीमा हुने छन ।

प्रतियोगिताको महत्वपुर्ण प्रतियोगिता अन्तरगत छात्रछात्रा भलिबल प्रतियोगिता समेत हुनेछ । जसमा १८ टिमले छात्र र ९ वटा टिमले छात्रामा भाग लिनेछन । प्रतियोगितामा नगरका १७ सामुदायिक र २० निजि विद्यालयका खेलाडीहरुले ४२ वटा खेलमा भाग लिनेछन । करीब ५ हजार विद्यार्थीहरुसहित खेल प्रशक्षिकहरुको सहभागी हुने प्रतियोगितामा खेल महाकुम्भका रुपमा रहने उनले बताए । प्रतियोगिता आयोजना गर्न साढे १४ लाख बराबर खर्च अनुमान रहेको छ । गतवर्ष कालिका मानवज्ञानले उपाधि चुमेको थियो भने नवीन उपविजेता रहेको समितिका सदस्य प्रेम बस्नेतले बताए ।

 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ७ : ३८ बजे

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा