१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

१ लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो



काठमाडौं । नेपाल प्रहरीले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरीको भर्ना खोलेको छ । स्थानीय तह निर्वाचनका लागि भन्दै प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले आज (मंगलबार) १ लाख म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।

सूचना अनुसार चैत ६ बाट चैत ११ सम्म म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले दरखास्त दिन सक्नेछन् भने म्यादी प्रहरीको फारम देशभरका जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका ३ वटा प्रहरी परिसरमा लिन सक्ने व्यवस्था मिलाइएको छ । साधारण लेखपढ गर्न जानेकाहरूले समेत म्यादी प्रहरीमा आवेदन दिन पाउने सूचनामा उल्लेख छ ।

सुरक्षा निकायमा २०७८ साउन १ पछि भर्नाको लागि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परिक्षणमा उत्तिर्ण भएकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयले पूर्व सुरक्षाकर्मी र पूर्व वन रक्षकले पनि म्यादी भर्नामा प्राथामिकता पाउने जनाइएको छ ।

प्रहरीका अनुसार २०७८ चैत १५ बाट म्यादी प्रहरीको छनौट सुरु हुनेछ भने चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2022/03/myadi-police-vacany_notice_2078-12-01.pdf”]

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ९ : ५७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम