२७ भदौ २०८३, शनिबार | September 13, 2026

१ लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो



काठमाडौं । नेपाल प्रहरीले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरीको भर्ना खोलेको छ । स्थानीय तह निर्वाचनका लागि भन्दै प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले आज (मंगलबार) १ लाख म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।

सूचना अनुसार चैत ६ बाट चैत ११ सम्म म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले दरखास्त दिन सक्नेछन् भने म्यादी प्रहरीको फारम देशभरका जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका ३ वटा प्रहरी परिसरमा लिन सक्ने व्यवस्था मिलाइएको छ । साधारण लेखपढ गर्न जानेकाहरूले समेत म्यादी प्रहरीमा आवेदन दिन पाउने सूचनामा उल्लेख छ ।

सुरक्षा निकायमा २०७८ साउन १ पछि भर्नाको लागि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परिक्षणमा उत्तिर्ण भएकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयले पूर्व सुरक्षाकर्मी र पूर्व वन रक्षकले पनि म्यादी भर्नामा प्राथामिकता पाउने जनाइएको छ ।

प्रहरीका अनुसार २०७८ चैत १५ बाट म्यादी प्रहरीको छनौट सुरु हुनेछ भने चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2022/03/myadi-police-vacany_notice_2078-12-01.pdf”]

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ९ : ५७ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित