२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

पपुवा न्यूगिनीले नेपाललाई जितका लागि दियो २०५ रनको लक्ष्य



काठमाडौं ।

आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा पपुवा न्यु गिनी (पीएनजी) ले नेपालसामू २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २०४ रनको योगफल खडा गरेकाे हाे ।

पीएनजीका चार्ल्स एमिनीले सर्वाधिक ५९ रन बनाए । उनले पभेलियन फर्किनुअघि ८२ बलमा सात चौका प्रहार गरे । यसबाहेक, चाड सोपरले ३५, टोनी उराले २७, लेगा सिएकाले २५ र नोर्मन भानुआले २३ रन जोडे ।

नेपालका सोमपाल कामीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले दुई विकेट लिए ।

शृंखलाको दोस्रो खेल नेपालले १८ मार्चमा युएईविरुद्ध खेल्नेछ । त्यस्तै, तेस्रो खेल २१ मार्चमा युएईविरुद्ध नै हुनेछ र शृंखलाको अन्तिम खेल २२ मार्चमा पिएजनीविरुद्ध खेल्ने छ ।

नेपाल आठ खेलमा आठ अंकसहित छैटौँ स्थानमा छ । नेपालले चार खेल जितेको छ भने चार खेल गुमाएको छ । १३ खेल खेलेको पपुवा न्युगिनीले भने अंक खाता खोल्न सकेको छैन ।

त्यस्तै यूएई भने १५ खेलमा १८ अंकसहित दोस्रो स्थानमा भने ओमान २८ खेलमा ३६ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा १६ अंक जोड्दै तेस्रो स्थानमा छ भने नामिबिया र अमेरिका समान १४ अंकसहित चौथो र पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ३ : ३२ बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३