७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

पेट्रोलियम पदार्थको मूल्य उच्च दरले बढ्ने निश्चित, भारतले पठायो नयाँ मूल्यसूची



पेट्रोलियम पदार्थको मूल्य उच्च दरले बढ्ने निश्चित, भारतले पठायो नयाँ मूल्यसूची

काठमाडौ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने निश्चित भएको छ ।
भारतीय आयल कर्पोरेसनले उच्च दरले इन्धनको मूल्य बढाएर नेपाल आयल निगमलाई पठाएसँगै मूल्यवृद्धि हुने निश्चित भएको हो ।

बुधबार भारतबाट प्राप्त मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको छ ।

हालको बिक्रिमूल्यअनुसार पेट्रोलको उपभोक्ता मूल्य १५० रुपैयाँ छ । निगमले पेट्रोलमा मात्रै प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा घाटा भएको जनाएको छ । यसैगरी डिजल र मट्टितेलको मूल्य १३३ रुपैयाँ, हवाई इन्धनको आन्तरिकतर्फ १३६ रुपैयाँ र बाह्यतर्फ १ दशमलव २९५ डलर प्रति लिटर मूल्य छ ।

यसैगरी अहिले खाना पकाउने ग्याँसको मूल्य १५७५ रुपैयाँ रहेको छ । ग्याँसमा प्रतिसिलिण्डर ६६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमले जनाएको छ । मट्टितेल र हवाई इन्धनमा भने निगम अझै पनि नाफामै रहेको छ ।

यससँगै पाक्षिक नोक्सानी ५ अर्ब ३० करोड पुग्ने निगमले जनाएको छ । जसअनुसार एकमहिनामा निगमलाई १० अर्ब बढीको नोक्सानी पुग्नेछ ।

 

 

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ३ : ५४ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल