११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

आफ्नै तागतले चुनावमा होमिन्छौं : प्रचण्ड



बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै तागतले निर्वाचनमा होमिने बताएका छन् ।
बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा पार्टीले आफ्नै तागतमा लड्ने बताएका हुन् ।
प्रचण्डले त्यसका लागि संगठनलाई बलियो बनाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिइसकिएको बताए । उनले भने, ‘राजनीतिक रुपमा सुसचित र आर्थिक रुपमा जनतालाई सम्पन्न बनाउने पार्टीको एजेण्डालाई मुख्य ध्यानमा राखेर आफ्नै तागतमा निर्वाचन अभियानमा होमिन हामीले नेता कार्यकर्तालाई निर्देशित गरेका छौं ।’

अध्यक्ष प्रचण्डले गठबन्धन गरेर मात्र चुनाव जितौंला भन्ने नसोच्न नेताहरुलाई सचेत समेत गराए । ‘गठबन्धनमार्फत चुनावी परिणामलाई सकारात्मक बनाउने विषयलाई सहायक रणनीतिब बनाएर अघि बढ्नुपर्छ’, उनले भने ।

प्रचण्डले तालमेल गर्ने विषयमा गठबन्धनको मुख्य नेतृत्वमा कुनै अलमल नदेखिएको दाबी गरे । उनले भने, ‘गठन्धन बनाउँदा संविधानको रक्षा, प्रतिगमनका विरुद्ध संघर्ष गर्नका लागि भनेर बनाइएको गठबन्धन हो । त्यो उद्देश्य पुरा गर्ने काम अझै बाँकी रहेको छ ।’ अध्यक्ष प्रचण्डले आजै बिहान मात्र प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचनका विषयमा छलफल भएको जानकारी दिए ।

प्रचण्डले एमसीसीका कारण नयाँ गठबनधन बन्छ कि जस्तो देखिएपछि व्याख्यात्मक घोषणाबाट एमसीसी अनुमोदन गराएपछि हालका लागि गठबन्धन सुरक्षित रहेको बताए । उनले एमालेसँग तत्कालै गठबन्धन बन्न सक्ने अवस्था नरहेको पनि स्पष्ट पारे ।
प्रचण्डले निर्वाचन हुँदैन कि भन्ने भ्रम हटेको बताए । ‘तोकिएको समयमै चुनाव हुन्छ । त्यसमा कुनै कन्फ्युजनमा नरहन सबैलाई आग्रह गर्दछु’, प्रचण्डले भने ‘निर्वाचनको बारेमा कुनै कन्फुयुजन भए तयारीलाई असर गर्छ । अहिले पुरै तयारीका साथ लाग्ने अहिलेको विषय हो ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ११ : ३२ बजे

दाङमा बस दुर्घटना, ७ जना घाइते

तुलसीपुर । दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका

धादिङ बस दुर्घटनाको छानबिन गर्न जाँचबुझ समिति गठन

काठमाडौं । धादिङमा गएराति भएको बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश

मतदाता शिक्षालाई कसरी प्रभावकारी बनाउने ?

काठमाडौँ । प्रजातन्त्र या लोकतन्त्रमा जनताले छानेका व्यक्तिहरूले मात्र जनतामाथि

सिन्धुलीको मरिणमा नेपाली-चिनियाँ कामदारबीच झडप, सात जना घाइते

काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकामा निर्माणाधीन राँगाको मासु प्रशोधन उद्योगमा

संयोजक प्रचण्डद्वारा धादिङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङमा