२५ भदौ २०८३, बिहिबार | September 10, 2026

सिन्धुलीको मरिणमा नेपाली-चिनियाँ कामदारबीच झडप, सात जना घाइते



काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकामा निर्माणाधीन राँगाको मासु प्रशोधन उद्योगमा नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घाइतेमध्ये दुई जना नेपाली र पाँच जना चिनियाँ नागरिक रहेका छन्।

मरिणस्थित निर्माणाधीन हिमालयन फुड प्रोसेसिङ कम्पनीमा कार्यरत गाडी चालक स्थानीय नमराज बम्जनलाई कामबाट हटाइएको विषयलाई लिएर विवाद सुरु भएको बताइएको छ। नेपाली कामदारमाथि विभेद गरिएको आरोपपछि सुरु भएको भनाभन कुटाकुटमा परिणत भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदीका अनुसार घाइतेहरूलाई कपिलाकोटस्थित प्राथमिक उपचार केन्द्रमा सामान्य उपचार गरिएको छ।

घटनापछि स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १२ : ३० बजे

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा

भोटेकोशी बाढी : मालसामान बगायो, व्यवसायी समस्यामा

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको

गृहमन्त्री गुरुङको पत्रकारलाई धम्कीप्रति अधिकारकर्मीको आपत्ति

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूप्रति दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति मानव