४ असार २०८३, बिहिबार | June 18, 2026

रुपन्देही सुपर लिगमा वेष्टर्नको जित



भैरहवा । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्र्तग डिभिजन ‘ए’को बिहीबारको खेलमा वेस्टर्न क्रिकेट क्लबले शंकरनगर क्रिकेट क्लबलाई १ सय १३ रनले पराजित गर्दै जीत निकालेको छ ।

टस जितेर ब्याटिङ गरेको वेस्टर्नले निर्धारित ५० ओभरको खेलमा सम्पूर्ण विकेट गुमाउँदै २ सय ६३ रनको योगफल बनायो ।

उसका लागि विक्रम भुसालले ६५, नरेन साउदले ४९, अनिल खरेलले ४१ र राहुल कुमारले ३५ रनको योगदान गरे । बलिङमा शंकरनगरका विशाल विक्रम केसीले ४ र ओम सारु मगरले २ विकेट लिए ।

प्रतिउत्तरमा शंकरनगरले २८.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ५० रन मात्रै बनायो । उसका लागि ओम सारु मगरले ४६, जगत क्षेत्रीले नटआउट २० र विष्णु पाण्डेले १९ रन जोडे ।

बलिङमा वेस्टर्नका अनिल खरेलले ७ ओभरमा २ मेर्डन राख्दै १९ रन खर्चिएर ५ विकेट लिए । त्यस्तै विक्रम भुसालले ३ र प्रतिश जिसीले २ विकेट लिए । अनिल खरेल म्यान अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरेको आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले जानकारी दिए ।

चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।

 

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ६ : ३९ बजे

विपद्कै कारण अनाहकमा कसैको ज्यान गएको खबर अब सुन्न नपरोस् : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय

रास्वपाका महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली तयारी हुँदै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन । सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन

सरकारी भोगाधिकारको जग्गा लिजमा रुपान्तरण गर्न विभागको पत्राचार

काठमाडौं । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति,

वासिङ्टन र तेहरान बीचको एमओयू सार्वजनिक

एजेन्सी । संयुक्त राज्य अमेरिका र इरानले दुई पक्षबीच इलेक्ट्रोनिक