८ बैशाख २०८३, मंगलबार | April 21, 2026

पशुमा कृत्रिम गर्भधारणको आकर्षण बढ्दै



काठमाडौं । मुलुकमा पोथी पशुको तुलनामा भालेको सङ्ख्या निकै कम भए पनि पछिल्लो समय पशु बन्ध्याकरणको सङ्ख्या भने बढ्दै गएको छ ।

सन्तान वृद्धिका लागि सीमित पशुलाई राखेर बाँकीलाई बन्ध्याकरण गरी कृषि र मासुका लागि प्रयोग गरिने चलन रहेको पशु विज्ञको अनुभव छ ।

राष्ट्रिय पशु प्रजनन केन्द्र पोखराका सूचना अधिकारी डा. जगतबन्धु नेपालीका अनुसार नेपाली भाले पशुमा गर्भधारण गराउने वीर्य उत्पादन गर्न सक्ने क्षमता धेरै रहेकाले यस्तो प्रचलन बढेको हो ।

वीर्य उत्पादन क्षमता उच्च भएकाले सीमितलाई राखेर बाँकीलाई कृषि तथा अन्य प्रयोजनमा लगाउने गरिएको उनको भनाइ छ ।

नेपालीका अनुसार एउटा परिपक्क साँढेले ३५ हजार गाईलाई गर्भधारण गर्न सक्ने वीर्य उत्पादन गर्छ । त्यसलाई नेपालमा अरू जातका गाईमा गर्भधारण गराएर पछिल्लो पुस्ताबाट धेरै उत्पादन लिन सकिने सम्भावना रहेको पनि नेपालीले बताए ।

केन्द्रका अनुसार एउटा राँगोले जीवनकालमा २८ हजार भैँसीलाई गर्भधारण गराउन सक्ने वीर्य उत्पादन गर्न सक्छ तर तीन वर्षदेखि पाँच वर्ष उमेर समूहका राँगोको वीर्य गुणस्तरीय हुने नेपालीले जानकारी दिए ।

केन्द्रले एउटा साँढे र राँगोबाट साताको दुई पटक वीर्य सङ्कलन गर्दै आएको छ तर प्राकृतिक रूपमा हुने गर्भधारण प्रक्रियामा भने एकै दिनमा एउटै भाले धेरै पटकसम्म सक्रिय हुनसक्ने नेपालीले बताए ।

केन्द्रले उच्च नश्लका राँगो र साँढेको वीर्य सङ्कलन गरेर देशव्यापी रूपमा वीर्य पठाउने गरेको छ । केन्द्रमा हाल आठवटा बोका, १६ वटा राँगो र ३७ वटा साँढेको वीर्य सङ्कलन गरेर त्यसलाई प्रशोधन गर्दै ६९ वटा जिल्लामा वितरण गर्ने गरेको छ । आजको गोरखापत्र दैनिकमा केशवराज पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ६ : ५५ बजे

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि… …

अछाम । कुरा यही वैशाख ३ गतेको हो । यहाँको

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ