१४ असार २०८३, आइतबार | June 28, 2026

एक दिवसीय क्रिकेटमा नेपालले आज यूएईसँग खेल्दै



काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत एक दिवसीय श्रृङ्खलामा नेपालले आज यूएईसँग खेल्दैछ । नेपाली समय अनुसार बिहान सवा एघार बजे दुबई इन्टरनेशनल क्रिकेट मैदानमा खेल सुरु हुनेछ ।

घरेलु टोली यूएईसँगको आजको खेलमा नेपाललाई अघिल्लो महिना ओमानमा भएको टी-२० विश्व कप ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर छ ।

यसअघिका खेलमा यूएईले पपुवा न्युगिनीलाई ७ विकेट हराउँदा नेपालले २ विकेटको सङ्घर्षपूर्ण जित निकालेको थियो ।

अङ्क तालिकामा नेपाल ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अङ्कका साथ छैटौँ स्थानमा छ । यूएई १५ खेलमा ८ मा जित र ५ मा हारसहित १८ अङ्कका साथ दोस्रो स्थानमा छ । सात देश सहभागी यो श्रृङ्खलामा ओमान २७ खेलमा १७ मा जित र ८ मा हारसहित ३६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ ।

नेपाल र यूएईबीच चार वटा एक दिवसीय खेल भएको छ । जसमा नेपाल दुई खेलमा विजयी हुँदा दुई खेलमा पराजित भएको छ । सन् २०१९ मा नेपालले यूएईसँग तीन एक दिवसीय श्रृङ्खला खेलेको थियो ।

त्यसमा नेपालले २-१ ले श्रृङ्खला जितेको थियो । नेपालले अर्को खेल चैत ७ मा यूएईसँग र चैत ८ मा पपुवा न्युगिनी ९पीएनजी० सँग खेल्ने तालिका छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ७ : १५ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली