४ पुस २०८२, शुक्रबार | December 19, 2025

एक दिवसीय क्रिकेटमा नेपालले आज यूएईसँग खेल्दै



काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत एक दिवसीय श्रृङ्खलामा नेपालले आज यूएईसँग खेल्दैछ । नेपाली समय अनुसार बिहान सवा एघार बजे दुबई इन्टरनेशनल क्रिकेट मैदानमा खेल सुरु हुनेछ ।

घरेलु टोली यूएईसँगको आजको खेलमा नेपाललाई अघिल्लो महिना ओमानमा भएको टी-२० विश्व कप ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर छ ।

यसअघिका खेलमा यूएईले पपुवा न्युगिनीलाई ७ विकेट हराउँदा नेपालले २ विकेटको सङ्घर्षपूर्ण जित निकालेको थियो ।

अङ्क तालिकामा नेपाल ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अङ्कका साथ छैटौँ स्थानमा छ । यूएई १५ खेलमा ८ मा जित र ५ मा हारसहित १८ अङ्कका साथ दोस्रो स्थानमा छ । सात देश सहभागी यो श्रृङ्खलामा ओमान २७ खेलमा १७ मा जित र ८ मा हारसहित ३६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ ।

नेपाल र यूएईबीच चार वटा एक दिवसीय खेल भएको छ । जसमा नेपाल दुई खेलमा विजयी हुँदा दुई खेलमा पराजित भएको छ । सन् २०१९ मा नेपालले यूएईसँग तीन एक दिवसीय श्रृङ्खला खेलेको थियो ।

त्यसमा नेपालले २-१ ले श्रृङ्खला जितेको थियो । नेपालले अर्को खेल चैत ७ मा यूएईसँग र चैत ८ मा पपुवा न्युगिनी ९पीएनजी० सँग खेल्ने तालिका छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ७ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको