१८ भदौ २०८३, बिहिबार | September 3, 2026

ललितपुरका चार उपमेयर भन्छन् : राजीनामा दिएर निर्वाचन लड्नु राम्रो हो



ललितपुर । ललितपुरका जनप्रतिनिधिहरूले निर्वाचन आयोगले जनप्रतिनिधिहरूले राजीनामा दिएपछि मात्र उम्मेदवार दिनुपर्ने व्यवस्था ठिक भएको बताएका छन् ।

ललितपुर महानगरकी उपमेयर गीता सत्याल राजीनामा दिनुपर्ने व्यवस्था सही भएको बताउँछिन् । उनी भन्छिन्, ‘यो व्यवस्था मेरो विचारमा एकदमै राम्रो हो । जनप्रतिनिधिको कुर्सीमा बसेर निर्वाचन लड्नु ठिक होइन ।’

गोदावरी नगरकी उपमेयर मुना अधिकारी पनि राजिनामा दिएरै निर्वाचनमा जानुपर्ने व्यवस्थालाई सदर गर्छिन् । उनी भन्छिन्, ‘सरकारी कुर्सीमा बसेर चुनाव लड्दा अरु प्रत्यासीलाई असर पर्ला भन्ने उद्देश्य होला, मलाई ठिकै लाग्यो ।’

दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाकी उपमेयर कमला तामाङ जनप्रतिनिधिले राजिनामा दिएरै निर्वाचनमा जानु उपर्युक्त हुने बताउँछिन् । ‘नेतृत्वले सोचेर नै निर्णय लिएको होला । मलाई ठिक लागेको छ,’ उनी भन्छिन् ।

कोञ्ज्योसोम गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामा भने पार्टीले टिकट दिएपछि मात्र राजीनामा दिनु उपर्युक्त हुने बताउँछिन् । महालक्ष्मी नगरकी उपमेयर निर्मला थापा भने यस विषयमा बोल्न चाहिनन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १२ : ४१ बजे

प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा अवस्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो

कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा

महेन्द्रनगर । कञ्चनपुरका सात पालिकामा आज सार्वजनिक बिदा दिइएको छ

अवस्था असहज : खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई

एसीसी प्रिमियर कपमा आज नेपालले मलेसियासँग खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो संस्करणअन्तर्गत नेपालले आज

कांकडभिट्टामा गोप्रो क्यामेरा जडान

झापा । नेपालको पूर्वी नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो