काठमाडौं । निर्वाचन आयोगतले स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रमअनुसार वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारी दर्ता गर्ने क्रार्यक्रम सार्वजनिक गरेको हो ।
आयोगले वैशाख १५ गते उम्मेदवारको नाम सार्वजनिक गर्ने भएको छ । त्यसअघि उम्मेदवारी दर्ता पछि त्यसमाथि जाँजबुझलगायतका प्रक्रिया पुरा हुने आयोगले जनाएको छ । वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन साँझ ५ बजेदेखि ६ बजेसम्म अन्तिम नामावली प्रकाशित हुनेछ ।
उम्मेदवारहरुलाई १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।
आयोगका अनुसार वैशाख ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्यक्रम रहेको छ । वैशाख २७ गते मध्यरातदेखि निर्वाचनको मौन अवधि सुरु हुनेछ ।



















प्रतिक्रिया