६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा आयोगको सक्कल फाइल झिकाउने सर्वोच्चको आदेश



काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयसहितको सक्कल फाइल झिकाउन आदेश दिएको छ।

सोमबार न्यायाधीश नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंविरुद्ध अनुसन्धान तथा कारबाहीका लागि प्रहरीलाई पठाइएको निर्वाचन आयोगको निर्णय र सम्बन्धित कागजात महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउन आदेश दिएको हो।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईंले जिल्ला प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। परिसरले सर्वोच्चमा बुझाएको लिखित जवाफमा निर्वाचन आयोगले फागुन ४ गते पठाएको पत्रका आधारमा प्रसाईंलाई पक्राउ गरिएको उल्लेख गरेको छ।

सर्वोच्चको आदेशमा भनिएको छ कि निर्वाचन आयोगको फागुन ३ गतेको पत्रअनुसार अनुसन्धान गरी कारबाही गर्न लेखी पठाइए बमोजिम प्रसाईंलाई पक्राउ गरिएको देखिएकाले आयोगबाट भएको निर्णयसहितको सक्कल फाइल झिकाउन आवश्यक देखिएको हो। अदालतले उक्त रिटको थप सुनुवाइका लागि मंगलबारको पेसी तोक्न पनि आदेश दिएको छ।

निर्वाचन आयोगको पत्रअनुसार प्रहरीले प्रसाईंलाई फागुन ४ गते पक्राउ गरेको थियो।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ३ : ३० बजे

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन