५ पुस २०८२, शनिबार | December 20, 2025

निर्वाचन आचारसंहिताः राजनीतिक दलले यसरी गर्न पाउनेछन् सञ्चार माध्यमको प्रयोग



काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनलाई लक्षित गरी ल्याएको निर्वाचन आचारसंहिता बिहीबार राजपत्रमा प्रकाशित भएको छ ।

आचारसंहितामा राजनीतिक दल, उम्मेदवार र दलका भातृ संगठनले प्रचारप्रसारका बेला कसरी सञ्चार माध्यमको प्रयोग गर्न पाउनेछन् भन्ने खुलाइएको छ । स्थानिय निर्वाचन २०७९ वैशाख ३० गते हुन गइरहेको छ ।

आचारसंहितामा राजनीतिक दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा एक पटकमा एक मिनेट भन्दा बढी नहुने गरी कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा चार पटक प्रसारण गराउन पाउने उल्लेख गरिएको छ ।

राजनीतिक दलले निजी क्षेत्रको पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा उचाई र चौडाई सात/सात इन्च सम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन पाउने छ ।

‘स्थानीय तहका सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा एक पटकमा एक मिनेट भन्दा बढी नहुने गरी चौबीस घण्टामा बढीमा दुई पटक प्रसारण गराउन सक्ने,’ निर्वाचन आचारसंहिता, २०७८ मा भनिएको छ ।

यस्तै, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रदेशसभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा एक पटकमा एक मिनेट भन्दा बढी नहुने गरी कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा तीन पटक प्रसारण गराउन सक्नेछ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा एक पटकमा एक मिनेट भन्दा बढी नहुने गरी चौबीस घण्टामा बढीमा चार पटक प्रसारण गराउन पाउने छन् ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा उचाई र लम्बाई सात÷सात इन्च सम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्र प्रचार सामग्री छपाउन पाउने व्यवस्था आचारसंहिताले गरेको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ।एम। रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा एक पटकमा एक मिनेट भन्दा बढी नहुने गरी चौबीस घण्टामा बढीमा चार पटक प्रसारण गराउन सक्नेछन् ।

राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा एक पटकमा एक मिनेट भन्दा बढी नहुने गरी चौबीस घण्टामा बढीमा चार पटक प्रसारण गराउन पाउने छन् ।

राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिने उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा उचाई र लम्बाई सात/सात इन्च सम्मको आकारमा कुनै एउटा पत्रिकामामात्र प्रचार सामग्री छपाउन पाउने छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ४ : ०९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता