२० मंसिर २०८२, शनिबार | December 6, 2025

दुई वर्षपछि होलीमा रम्यो रुपन्देही (फोटो फिचर)



भैरहवा । दुई वर्षदेखि पर्व तथा महोत्सवमा रम्न नसकेका रुपन्देहीवासी होली पर्वमा रमेका छन् ।

कोभिडका कारण विगतका दुई वर्ष सुनसान रहेको होलीमा यस वर्ष तराईवासीले उत्साहका साथ होली पर्व मनाएका छन् ।सडक रंगमय थिए, निजी क्षेत्र, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, कर्मचारी, संघसस्थाले होली मिलन कार्यक्रम भन्दै ठाउँ-ठाँउमा आयोजना गरेर एक अर्कामा रङ्ग साटासाट गर्दै मनाए ।

उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले कोभिडको कारण सिथिल रहेको आर्थिक क्षेत्र अब होलीको पर्वसँगै गति लिने गति लिने आशा रहेको बताए । ‘जसरी रंगहरू आपसमा रंगीचंगी भएर राम्रो देखिएको छन् त्यसैगरि होलीपछिका हाम्रा दिन पनि रंगिन भएर जाने आसा छ,’ उनले भने ।

होलीमा सर्वसाधारणले ढुक्क भएर पर्व मनाए पनि जिल्लामा सुरक्षा संयन्त्र दुर्घटना नहोस् भन्नका लागि तमतैनाथ भएर होमिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले होलीलाई मर्यादित, सभ्य र दुर्घटना रहित बनाउनका लागि जिल्लाभर पाँच सय प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले जानकारी दिए ।

नियमित चेकजाँचसँगै पिकेट टोली, मोबाइल गस्ती, मोटरसाइकल र पैदल गस्ती, थप चेकिङ प्वाइन्ट, भिडभाड भएको स्थलमा प्रहरी परिचालन गरी सुरक्षा बढाइएको कार्यालयले जानकारी दिएको छ । होलीलाई नै मध्यनजर गर्दै जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले पनि संयुक्त रुपमा चेकिङ बढाएको थियो रुपन्देहीमा कुनै पनि दुर्घटना भएको छैन ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ९ : ३४ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले