११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

स्थानीय तह निर्वाचन : ७९ दलले निर्वाचनमा भाग लिन पाउने



काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि ११ र १२ वैशाख २०७९ मा उम्मेदवारको मनोनयन पत्र दर्ता अर्थात् उम्मेदवारी दर्ता हुने भएको छ ।

निर्वाचन आयोगले शुक्रबार स्थानीय तह निर्वाचन २०७९ को कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार ११ र १२ वैशाखमा उम्मेदवारी दर्ताको समय तोकिएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरुले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दिन सक्नेछन् ।

यसैगरी उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि आयोगले १२ वैशाखमा उम्मेदवारको सूची प्रकाशित गर्नेछ । यस्तै, उम्मेदवारको विरोधमा उजुरी दिन १३ वैशाख १० देखि ५ बजेसम्मको समय आयोगले निर्धारण गरेको छ ।

यसैगरी, उम्मेदवारको मनोनयन पत्र जाँच र उजुरी जाँच गरी निर्णय लिनका लागि आयोगले १४ र १५ वैशाखको समय छुट्याएको छ । आयोगले १५ वैशाखकै दिन साँझ ५ देखि ६ बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली सार्वजनिक गर्ने कार्यक्रम राखेको छ ।

आयोगका अनुसार स्थानीय तह निर्वाचनमा सहभागी हुन उम्मेदवारी दिएका उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ वैशाख १० देखि ५ बजेसम्ममा फिर्ता लिन सक्नेछन् । यसरी नाम फिर्ताको समय सकिएपछि फेरि आयोगले सोही दिन साँझ ५ देखि ६ बजेसम्म निर्वाचनमा सहभागी हुने उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

यी सबै प्रक्रिया पूरा गरेपछि १७ वैशाख १० देखि ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । आयोगका अनुसार स्थानीय तहको निर्वाचनका लागि तोकिएको मिति ३० वैशाख २०७९ मा देशका सातै प्रदेशमा रहेका ५ सय ५३ वटै स्थानीय तहमा एकै दिन एकै साथ बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

आगामी स्थानीय तहको निर्वाचनमा ७९ राजनीतिक दलले भाग लिन पाउने आयोगले जनाएको छ । निर्वाचनमा भाग लिन भन्दै आयोगमा ८० दलले निवेदन दर्ता गरेका थिए । तर, आयोगले ७९ दलको निवेदन स्वीकृत गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्माले स्थानीय तहको निर्वाचनमा भाग लिन भन्दै निवेदन दिएका ८० दलमध्ये ७९ दलले स्थानीय तहको निर्वाचनमा सहभागी हुन पाउने जानकारी दिएका हुन् ।

आयोगले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निवेदनलाई भने अस्वीकृत गरेको थियो । सो दलमा दलको अध्यक्ष र उपाध्यक्षको विवाद आयोगमा रहेकाले दल दर्ताको निवेदन अस्वीकृत गरिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार जनमत पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, मौलिक जरोकिलो पार्टी, बहुजन एकता पार्टी नेपाल, वैज्ञानिक समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) छन् ।

यसैगरी तामाङसालिङ लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल, नेपाल समावेशी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय विकास पार्टी, नागरिक उन्मुक्ति पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा, नेपाल परिवार दललेसमेत स्थानीय तह निर्वाचन प्रयोजनका लागि आयोगमा निवेदन दर्ता गराएका थिए ।

यस्तै नेपाल विवेकशील पार्टी, नेपाल संसदीय समाजवादी पार्टी, सचेत नेपाली पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी नेपाल, समाजवादी केन्द्र नेपाल, पिछडावर्ग निषाद दलित जनजाति पार्टी, नेसनलिस्ट पिपल्स पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल, आमूल परिवर्तन मसिहा नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय सद्भावना पार्टी, नेपाल कम्यनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादी, नेपाल कम्युनिस्ट पार्टी परिवर्तनले पनि निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका थिए ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युस्टि पार्टी (माक्र्सवादी लेलिनवादी), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, त्रिमुल नेपाल, नेपाल जनता पार्टी, किराँत खुम्बुवान साझा, माओवादी जनमुक्ति पार्टी नेपाल, समावेशी लोकतान्त्रिक पार्टी, नेपाः राष्ट्रिय पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी), मितेरी पार्टी नेपाल, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल, उन्नत लोकतन्त्र पार्टीले पनि आयोगले तोकेको समयभित्रै स्थानीय तह निर्वाचन प्रयोजनका लागि निवेदन दिएका थिए ।

यस्तै, नेपाल दलित पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, साझा पार्टी, नेपाल, नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक), बहुजन शक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल), नेपाल सुशासन पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लाकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहत), विवेकशील साझा पार्टी, नेपालका लागि नेपाली पार्टी, लोक दल, नेपालआमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, नेपाली कांग्रेस (बीपी), राष्ट्रिय समाजवादी पार्टी नेपालले पनि निर्वाचन प्रयोजनका लागि आयोगमा निवेदन दिएका थिए ।

यसैगरी, माओवादी कम्युनिस्ट पार्टी नेपाल, नेपालवाद, सामाजिक एकता पार्टी, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन, जनजागरण पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेपाल, बहुजन समाज पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टीले पनि निवेदन दिएका थिए ।

आयोगका अनुसार यी निवेदन दिएका दलबाहेक अन्य दलले भने अब स्थानीय तह निर्वाचनमा भाग लिन पाउने छैनन् । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ७ : ०६ बजे

समृद्ध मुलुककालागि महिलाको जीवनस्तर उकास्न जरुरी छ : उम्मेद्वार खत्री

देवदह । रुपन्देही क्षेत्र नम्बर एकमा कांग्रेसको तर्फदेखि उम्मेद्वार बनेका

पर्सामा सर्वपक्षीय बैठक : दोषीलाई कानुनी दायरामा ल्याउने सहमति

वीरगञ्ज । पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगर–११

प्रधानमन्त्री बन्न ‘भिजन’ चाहिन्छ : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिहरूले

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा आयोगको सक्कल फाइल झिकाउने सर्वोच्चको आदेश

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

मलेखु । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई