४ चैत्र २०८२, बुधबार | March 19, 2026

प्रेमिल जोडीहरुका लागि बुटवलको फुलबारीमा बन्यो मुनामदन उद्यान (फोटो फिचर)



बुटवल ।  मानिस ढुँगाहरु सामान्य ठान्छन । एउटा कलाकारको आँखाले हेर्दा त्यही ढुँगामा जिवन भेट्छन । अझ त्यही सामान्य ढुगालाई कलात्मक रुपमा मुर्तिहरु कुँदेर शान्ति र माया दर्शाउन पनि सकिन्छ । नेपालका करीब एक दर्जन बढी मुर्तिकारहरुले बुटवलको मणिमुकुन्द सेन उद्यानलाई शान्ति र मायाको प्रतिक स्वरुपका मुर्तिहरु कुँदेर छाडिदिएका छन् । मणिमुकुन्द सेन उद्यानको उत्तरपश्चिम तर्फको खहरे खोलाको छेउमा रहेका ठुलाठुला ढुगालाई कुदेर आर्कषक मुनामदन पार्क निमार्ण बनाईएकोे हो । प्रणय दिवसको अवसर पारेर यसैवर्षबाट पार्क निमार्णको काम शुरु भएको हो ।

मूर्तिकार समिर रानाले प्रेमको स्वरुप एउटा ढुङामा पानको पात कोरेका छन । छिनो र हतौडाले उनि ढुगामा पटकपटक ठोक्दै स्वरुप दिएका छन् । हेर्दा सामान्य मानिएको त्यो पत्थरमा कलाकारिता जोडिएको उनी बताउछन ।

अर्का मुर्तिकार हर्क लामा भने संसारको चक्र बुझाउने एक आर्कषक मुर्ति कारेका छन् । जसमा स्त्री केशर र पुंकेशरको युगल आर्कषक मुर्ति तयार गरेका छन । संसार वा प्रकृति चल्नका लागि यी दुबै महत्वपूर्ण हुने उनी बताउँछन ।

मूर्तिकला कार्यशालाका व्यवस्थापक विशाल रानामगर प्रकृति प्रेमप्रति आम मानिसको दृष्टिकोणलाई परिवर्तन गर्न चाहेको बताउँछन । ढुगालाई अर्मुत मानिन्छ, एउटा कलाकारको दृष्टिकोणबाट यही अर्मुत ढुगालाई मानिससंग जोडेर प्रेम दर्शाउन खोजेको उनले बताए । प्रेम भनेको केटा र केटीको बिचमा मात्र हुन्छ भन्ने धारणा चिर्न पनि आफुहरु लागेको उनको दाबी छ । ‘यहा फरक तरिकाले देखाउन खोजेका छौ ।’–उनले भने । मानिसको प्रकृतिसंगको प्रेम, जनावरहरुको प्रेमहरु देखाउने कलाहरु बनाएको उनी बताउछन । ढुंगालाई मूर्तिकारहरुले माया र प्रकृतिमा ढालेर घुम्न आउने जोडीले ढुंगामा आफ्नो माया र जीवन देखोस् र रमोस् भन्ने प्रयासमा छन । यसका लागि कलाकारहरु २४ घण्टा नै उहि स्थानमा काम गर्ने, बस्ने, खाने र रमाउने गर्दै काम सम्पन्न गरेका छन् ।

मुर्तिकारहरुको मेहनत अरुको भन्दा फरक देखिएको थियो । नीहरु आफनो मुड अनुसार काम गरे, केही बेर रुखको छाँयामा ओत लाए, पानी पिए, राती अबेरसम्म ढुँगामा खेले, अनि तयार भयो ढुँगामा जीवन देखिने कला । छिनो, हतौडामात्र होइन कलाकारहरुले आधुनिक मेशिनहरु समेत प्रयोग गरेर ढुंगा फोर्दै त्यसमा आर्कषक आकृति बनाएका छन । ढुँगामा जीवन खोज्न एलकेमी एकेडेमीका एक दर्जन बढी मूर्तिकार खटिएका थिए । फागुन एक गतेदेखि सुरु कार्यशाला झण्डै १० साता चलेको थियो । कार्यशालामा विभिन्न आकृतिका चित्र र क्यानभास समेत बनाइएका थिए । फूलबारीमा मुनामदन पार्क बन्नु र पार्कभित्र बनाइएका मूर्तिकला र चित्रकलाले घुम्न जानेलाई रोमान्चित बनाउन सघाउने अपेक्षा गरिएको छ ।

पार्क निर्माणमा फुलवारी पार्क व्यवस्थापनको १३ लाख बढी खर्च भएको अध्यक्ष खेम लुँईटेलले बताए । १० जनाले लगातार खटेर १४ वटा पत्थरमा विभिन्न आकृति भरिएको अध्यक्ष लुँईटेलले बताए । पार्क तयार भएसँगै सो उद्दान फुलवारी भित्रको प्रेमील उद्यान बनेको छ । ढुँगामा कुँदिएका आकृतिहरुले प्रेम भाव र मायाका प्रतिकहरु उजागर गर्दै अवलोकनकर्ताहरुको ध्यान पनि तान्न सफल भएको छ ।

 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ५ : १४ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन