१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

हामीले ल्याएको पानी खान्छन हामीले बनाएको पुलमा सेल्फी खिक्छन, टिकटक बनाउछन तर भोट दिदैनन : चन्द्र भन्डारी



बुटवल । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गुल्मेली जनताले कांग्रेसले ल्याएको पानी पिएर पनि कांग्रेसलाई भोट नदिएको गुनासो गरेका छन् । बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भण्डारीले कांग्रेसले सबै भन्दा बढी लिफ्टिङ प्रविधिबाट गुल्मीमा खानेपानीको ल्याएको दाबी गरे ।

उनले गुल्मीमा कांग्रेसले नै दक्षिण एसियामा नै सबै भन्दा बढी पुल निर्माण गरेको पनि दाबी गरे । तीनवटा जिल्ला जोड्ने रिडीको पुल पनि कांग्रेसले नै ल्याएको भण्डारीले बताए । ‘हामीले बनाएको पुलमा टिकटक बनाउँछन्, तर हाम्लाई भोट दिन्नन् ।’ भण्डारीको गुनासो थियो ।

उनले कम्युनिष्टहरुले केवल गफ मात्र दिने गरेको आरोप लगाउँदै सिद्धबाबा मार्गको सडक र सुरुङपनि कम्युनिष्टहरुको गफ मात्र भएको आरोप लगाए । उनले आफुले सालझण्डी हुँदै गुल्मी निस्केने बैकल्पिक बाटो बनाएको दाबी गर्दै सो बाटो पिच भएपछि गुल्मी सहित स्याङ्जा, पाल्पा सम्मका जनताले सुविधा पाउने बताए ।

एक्काइसौ सताब्दीमा जनतालाई हतियार बोकाउन सक्ने माओवादीहरु एउटा गीतले सिर निहुराएर बस्नु परेको टिप्पणी गर्दै भण्डारीले कम्युनिष्टहरुले संविधान ल्याउन नसकेपछि कांग्रेसले संविधान ल्याएको दाबी गरे ।

 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १० : ०२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम