५ पुस २०८२, शनिबार | December 20, 2025

माओवादी केन्द्र १ नम्बर पार्टी हुने सम्भावना बढ्यो : प्रचण्ड



पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र १ नम्बर पार्टी हुने सम्भावना बढेको दाबी गरेका छन् ।

देशव्यापी निर्वाचन अभियानमा रहँदा देखिएको जनताको उभारले त्यसको संकेत गरेको प्रचण्डले बताए ।

‘२०६४ सालको चुनावमा ५ सिट जित्छ माओवादीले भन्थे ठूला दलहरूले । कहिले १० सिटसम्म भन्थे । तर, झण्डै बहुमत दिए, जनताले । प्रत्यक्षतर्फ त बहुमतै हो र अहिले २०७९ मा पनि सबैतिरको स्थिति हेर्दा हामी पहिलो पार्टी हुने सम्भावना बढिसक्यो’, प्रेस सेन्टर कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने ।

उनले संविधान र लोकतन्त्र बचाउँदै उत्पीडित जाति, वर्ग र समुदायको अधिकारको पक्षमा उभिएको दल माओवादी भन्ने जनताले बुझेको बताए ।

सोही कारण मधेस प्रदेशदेखि जताततै माओवादीमा जनताको उभार आएको उनको भनाइ छ ।

‘मधेसको ४र५ वटा जिल्ला गएँ । एउटै जिल्लामा हजार १२ सय जना शिक्षक बुद्धिजीवी माओवादीमा प्रवेश गर्नुभएको छ’, प्रचण्डले भने, ‘हिजो सिन्धुलीमा धेरै मानिस प्रवेश गर्नुभएको छ । साथीहरूले पहिलो पार्टी हुने भन्नुभएको छ, त्यो पनि विश्वासिलो आधारले ।’

उनले माओवादीलाई कसैको वैशाखी आवश्यक नभएको र आफ्नै बलमा निर्वाचन लड्ने बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ९ : ५२ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा