२५ भदौ २०८३, बिहिबार | September 10, 2026

पाल्पा कृषिको प्रचुर सम्भावना भएको जिल्ला : उम्मेदवार श्रेष्ठ



पाल्पा । नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार हिमालदत्त श्रेष्ठले पाल्पा जिल्ला कृषि क्षेत्रमा प्रचुर सम्भावना भएको जिल्लाको रुपमा रहेको बताएका छन । उनले जिल्लामा नगदेबालीको रुपमा अकबरे खुर्सानी, सुन्तला, तेजपात, अदुवा, बेसार उत्पादनको राम्रो सम्भावना रहेको बताएका छन ।

त्यससंगै जिल्लाका माडीफाँट, कचलफाँट, सर्देवाफाँट, अर्गलीफाँट, चहलाफाँट साथै मदनपोखरामा तरकारी तथा अन्नबाली उत्पादन राम्रो हुने गरेको बताएका छन । उनले किसानलाई भिजन टेन मार्फत बाली र पशुपंक्षि पालनमा ९० प्रतिशत अनुदान दिने संकल्प गरेको बताए ।

उम्मेदवार श्रेष्ठले किसानको बालीलाई क्षेती गर्ने बन्यजन्तु विशेषगरि बाँदर र बदेललाई स्पष्ठ सरकारी निति मार्फत नियन्त्रण गर्ने योजना सहित जनताको घरदैलोमा मत माग्न पुगेको धारणा राखे । उत्पादनको आधारमा अनुदान, कृषि रोजगारी र्सिजना गर्नका लागि केन्द्रमा गगन थापाको सरकार र प्रदेश तथा स्थानीय सरकारले विशेष भुमिका खेल्ने छ ।

गृहिणी दिदी बहिनी, विदेशबाट फर्किएका दाजुभाईहरुलाई सीप अनुसारको रोजगारी सृजना गर्ने भिजन सहित कांग्रेस आएकाले युवाको नेतृत्वमा सरकार बन्ने भएकाले ती प्रतिज्ञा कांग्रेसले पुरा गर्ने बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ५ : ५० बजे

भोटेकोशी बाढी : मालसामान बगायो, व्यवसायी समस्यामा

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको

गृहमन्त्री गुरुङको पत्रकारलाई धम्कीप्रति अधिकारकर्मीको आपत्ति

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूप्रति दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति मानव

बाढी प्रभावित क्षेत्रको राहत र पुनर्स्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को