५ पुस २०८२, शनिबार | December 20, 2025

ओलीको प्रश्न : निर्वाचन आयोगको काम गठबन्धनको खटपट मिलाउने हो ?



इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग पाँच दलीय गठबन्धनको पेवा बन्न लागेको आरोप लगाएका छन् । मतपत्रमा निर्वाचन चिन्ह र मनोनयन दर्ताका लागि छुट्याइएको दुई दिनको समयले आयोग गठबन्धनको पेवा बनेको पुष्टि भएको बताए ।

मतपत्रमा निर्वाचन चिन्हका लागि प्रयोग गरिने रंग हरियो मात्रै बनाउनु एमाले प्रति लक्षित गरेर आएको बताए । नेकपा एमाले इलामले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले भने, ‘पुरै मतपत्र हरियो बनाउने रे १ निर्वाचन आयोगले एउटा पार्टीको पक्षमा रहेर काम गर्ने होईन निष्पक्ष भएर काम गर्ने हो । अहिले निर्वाचन आयोगले चुनाव चिन्हमा रङ कुन दिने भन्दा रूखको रङ दिने रे । रूख पनि हरियो पार्ने अरे, सूर्य पनि हरियो पार्ने । कस्तो अचम्मको निर्वाचन आयोग देखा पर्यो ।’

निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको लागि छुट्याइएको दुई दिन समयको उनले विरोध जनाए ।

उनले भने, ‘मनोनयनको लागि दुई दिन समय दिने भो । दुई दिन चाहियो रु पाँच दलीय गठबन्धनमा खटपट परेर एकदिनमा नभ्याइन सक्छ, कुरो नमिल्न सक्छ, भोलिपल्टको पनि समय दियो । अहिलेसम्म कहिले दुई दिन मनोनयनका लागि समय दिएको सुन्नुभएको छ ? देख्नु भएको छ रु जहाँपनि मनोनयन एकै दिन हुन्छ । विश्वभरी मनोनयन एकै दिन हुन्छ । नेपालमा दुई दिन मनोनयन ।’

पाँच दलको खटपट मिलाउने काम निर्वाचन आयोगको हो भन्दै उनले प्रश्न समेत गरेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ३ : ४३ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा