६ श्रावण २०८३, बुधबार | July 22, 2026

उम्मेदवार छनोट गर्दै जसपा, लोसपा सुस्त



काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आगामी स्थानीय तहको निर्वाचनका लागि २० चैतभित्रमा उम्मेदवार छनोट गर्न आन्तरिक परिपत्र गरेको छ ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि २० चैतभित्रमा उम्मेदवार छनोट गर्न पार्टी अध्यक्ष उपेन्द्र यादवले परिपत्र गरेका हुन् ।

जसपाले १ चैतमा पारित गरेको पार्टीको स्थानीय तह निर्वाचन निर्देशिकाको आधारमा उम्मेदवारको चयन गर्न स्थानीय समितिलाई परिपत्र गरेको हो । निर्देशिका अनुसार उम्मेदवारको सिफारिस पार्टीको सम्बन्धित समितिमा गरी छनोट पक्रिया सम्पन्न गर्न निर्देशन दिएको हो ।

जसपाले पारित गरेको निर्वाचन निर्देशिकामा पार्टीको तर्फबाट स्थानीय तहको उम्मेदवार बन्न पार्टीको सिद्धान्तप्रति प्रतिबद्ध भएको हुनपर्ने, सक्रिय, लोकप्रियता, दक्षता र निरन्तर उम्मेदवारी चयनको मूल मापदण्ड रहेको छ ।

यस्तै, गाउँ, नगर र वडाको वस्तुस्थितिको पूरा अध्ययन र विश्लेषणद्वारा उम्मेदवारको निक्र्योल हुने निर्देशिकामा उल्लेख गरिएको छ ।

पार्टीको सिद्धान्त, नीति, उद्देश्य, कार्यक्रम र पार्टीको एकतालाई आत्मसात् गर्ने, पार्टी समितिमा संगठित वा सक्रिय भएको, सामाजिक काममा समर्पित भएको, स्वच्छ सामाजिक छवि भएको, विजयी हासिल गर्न सक्ने, भूगोल बुझेको, सुशासन प्रत्याभूति गर्न सक्नेलगायतका मापदण्ड रहेको छ ।

उम्मेदवारको चयन स्थानीय तहबाट नै गर्ने, पालिका तहबाट तीन जनाको नाममा छलफल गरी त्यसमध्ये एक जना उम्मेदवार चयन गर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

पालिका तहमा सहमति नभए सोभन्दा एक तह माथिल्लो निकायमा पठाइने निर्देशिकामा उल्लेख गरिएको छ । पालिकामै सहमति नभएको अवस्थामा माथिल्लो कमिटीले वस्तुस्थिति बुझेर निर्णय गर्नेछ ।

एक जिल्ला एक केन्द्रीय सदस्य, लोसपा सुस्त

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा जसपाले एक जिल्ला एक केन्द्रीय सदस्य परिचालन गरेको छ । तर, लोकतान्त्रिक पार्टी नेपाल (लोसपा)को बैठक अझै बस्न सक्ने अवस्था छैन ।

निर्वाचन केन्द्रित कार्यक्रममा जसपा जोडतोडका साथ लागिसकेको भए पनि लोसपा अहिले केही कार्यक्रम सार्वजनिक गरेको छैन । जसपाले गत साता कार्यकारिणी समिति, संघीय परिषद्, केन्द्रीय समितिको बैठक सम्पन्न गर्दै चुनावी रणनीति तय गरेर गाउँ केन्द्रित कार्यक्रममा छ ।

जसपा कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले ‘एक जिल्ला, एक केन्द्रीय सदस्य’ परिचालन गरिएको बताए । निर्वाचनमा पार्टी र आगामी दिने हुने गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जिल्लाजिल्लामा कमान्डर परिचालन गरिएको उनले बताए ।

जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई आइतबार काठमाडौंमा रहेका छन् । अब यही सातादेखि शीर्ष नेताहरू जिल्ला जिल्लाको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । यादव बारा, सप्तरी, सर्लाही जाने कार्यक्रम तय भइसकेको छ ।

उता लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायतका नेताहरूको कुनै कार्यक्रम तय भएको छैन । ठाकुर काठमाडौंमै छन् भने महतो, भण्डारी होलीको अवसरमा जनकपुरका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । तर, निर्वाचन केन्द्रित कार्यक्रम लोसपाले अझै तय गर्न सकेको छैन । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : २५ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज