२० मंसिर २०८२, शनिबार | December 6, 2025

उम्मेदवार छनोट गर्दै जसपा, लोसपा सुस्त



काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आगामी स्थानीय तहको निर्वाचनका लागि २० चैतभित्रमा उम्मेदवार छनोट गर्न आन्तरिक परिपत्र गरेको छ ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि २० चैतभित्रमा उम्मेदवार छनोट गर्न पार्टी अध्यक्ष उपेन्द्र यादवले परिपत्र गरेका हुन् ।

जसपाले १ चैतमा पारित गरेको पार्टीको स्थानीय तह निर्वाचन निर्देशिकाको आधारमा उम्मेदवारको चयन गर्न स्थानीय समितिलाई परिपत्र गरेको हो । निर्देशिका अनुसार उम्मेदवारको सिफारिस पार्टीको सम्बन्धित समितिमा गरी छनोट पक्रिया सम्पन्न गर्न निर्देशन दिएको हो ।

जसपाले पारित गरेको निर्वाचन निर्देशिकामा पार्टीको तर्फबाट स्थानीय तहको उम्मेदवार बन्न पार्टीको सिद्धान्तप्रति प्रतिबद्ध भएको हुनपर्ने, सक्रिय, लोकप्रियता, दक्षता र निरन्तर उम्मेदवारी चयनको मूल मापदण्ड रहेको छ ।

यस्तै, गाउँ, नगर र वडाको वस्तुस्थितिको पूरा अध्ययन र विश्लेषणद्वारा उम्मेदवारको निक्र्योल हुने निर्देशिकामा उल्लेख गरिएको छ ।

पार्टीको सिद्धान्त, नीति, उद्देश्य, कार्यक्रम र पार्टीको एकतालाई आत्मसात् गर्ने, पार्टी समितिमा संगठित वा सक्रिय भएको, सामाजिक काममा समर्पित भएको, स्वच्छ सामाजिक छवि भएको, विजयी हासिल गर्न सक्ने, भूगोल बुझेको, सुशासन प्रत्याभूति गर्न सक्नेलगायतका मापदण्ड रहेको छ ।

उम्मेदवारको चयन स्थानीय तहबाट नै गर्ने, पालिका तहबाट तीन जनाको नाममा छलफल गरी त्यसमध्ये एक जना उम्मेदवार चयन गर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

पालिका तहमा सहमति नभए सोभन्दा एक तह माथिल्लो निकायमा पठाइने निर्देशिकामा उल्लेख गरिएको छ । पालिकामै सहमति नभएको अवस्थामा माथिल्लो कमिटीले वस्तुस्थिति बुझेर निर्णय गर्नेछ ।

एक जिल्ला एक केन्द्रीय सदस्य, लोसपा सुस्त

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा जसपाले एक जिल्ला एक केन्द्रीय सदस्य परिचालन गरेको छ । तर, लोकतान्त्रिक पार्टी नेपाल (लोसपा)को बैठक अझै बस्न सक्ने अवस्था छैन ।

निर्वाचन केन्द्रित कार्यक्रममा जसपा जोडतोडका साथ लागिसकेको भए पनि लोसपा अहिले केही कार्यक्रम सार्वजनिक गरेको छैन । जसपाले गत साता कार्यकारिणी समिति, संघीय परिषद्, केन्द्रीय समितिको बैठक सम्पन्न गर्दै चुनावी रणनीति तय गरेर गाउँ केन्द्रित कार्यक्रममा छ ।

जसपा कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले ‘एक जिल्ला, एक केन्द्रीय सदस्य’ परिचालन गरिएको बताए । निर्वाचनमा पार्टी र आगामी दिने हुने गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जिल्लाजिल्लामा कमान्डर परिचालन गरिएको उनले बताए ।

जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई आइतबार काठमाडौंमा रहेका छन् । अब यही सातादेखि शीर्ष नेताहरू जिल्ला जिल्लाको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । यादव बारा, सप्तरी, सर्लाही जाने कार्यक्रम तय भइसकेको छ ।

उता लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायतका नेताहरूको कुनै कार्यक्रम तय भएको छैन । ठाकुर काठमाडौंमै छन् भने महतो, भण्डारी होलीको अवसरमा जनकपुरका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । तर, निर्वाचन केन्द्रित कार्यक्रम लोसपाले अझै तय गर्न सकेको छैन । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : २५ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल